बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

सुगर कम गर्नका लागि उपयोगी चट्टेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुगर कम गर्नका लागि उपयोगी चट्टेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। झुसे करेला वा भनौं चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । यसलाई विभिन्न परिकारमा प्रयोग गरिन्छ। वर्षातको मौसममा फल्ने यो तरकारीलाई निकै फाइदाजनक मानिन्छ । चट्टेल अन्य तरकारीजस्तो प्रख्यात नभए पनि यसले स्वास्थ्यमा धेरै फाइदा पु¥याउँछ । यस तरकारीमा पाइने गुणले धेरै रोगबाट बच्न सकिन्छ । यसको सेवन धेरै लाभदायक हुन सक्छ र चिकित्सककहाँ जानबाट बचाउन सक्छ।

यसमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । विभिन्न रिपोर्टमा सार्वजनिक भएअनुसार यममा चिकनभन्दा ५० प्रतिशत बढी शक्ति र प्रोटिन हुन्छ । यसमा प्रोटिन र आइरन भरपुर मात्रामा पाइन्छ तर क्यालोरी भने कम हुन्छ ।

यो खाँदा कलेजो पनि स्वस्थ रहन्छ र आँखाको ज्योति पनि तेजिलो हुन्छ । यसको तरकारी खानमा स्वादिलो हुनुका साथै यसले शरीरलाई बलियो बनाउँछ ।

चट्टेलका ६ स्वास्थ्य लाभहरूः

रक्त शर्करा नियन्त्रणः चट्टेलमा गरिएको अनुसन्धानले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी साबित हुने देखाएको छ । यसमा पाइने फाइबर र यसको लो ग्लाइसेमिक इन्डेक्सको मद्दतले रगतमा चिनीको मात्रा स्थिर रहन्छ। यसले टाइप २ मधुमेहको जोखिम कम गर्न पनि मद्दत गर्छ।

ज्वरोमा चट्टेलको फाइदाः ज्वरो कम गर्न पनि चट्टेलको सेवन गर्न सकिन्छ । एनसीबीआईको वेबसाइटमा प्रकाशित अनुसन्धानका अनुसार चट्टेलको जराको रसमा एन्टिपायरेटिक गुण पाइन्छ। यसले सीधै ज्वरोको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ। उच्च ज्वरो आएमा यसको जराको लेप शरीरमा लगाउनाले आराम मिल्छ । यसका साथै मौसम परिवर्तन हुँदा रुघा–खोकी ज्वरो आउने गर्छ । यसमा एन्टी एलर्जिक र एनाल्जेसिक गुण हुन्छ जसले यी रोगबाट बचाउन सहयोगी हुनसक्छ ।

एन्टिअक्सिडेन्ट गुणले भरिपूर्णः फेनोलिक यौगिकहरू र फ्लेभोनोइडहरू सहित एन्टिअक्सिडेन्टहरूको उपस्थितिको कारण, चट्टेलले शरीरका कोशिकाहरूलाई अक्सिडेटिभ तनाव र फ्री रेडिकलहरूबाट हुने क्षतिबाट बचाउन मद्दत गर्दछ। यो शरीरमा उचित अक्सिडेशन प्रदान गर्न एक राम्रो विकल्प हो।

वजन व्यवस्थापनमा उपयोगीः यस तरकारीमा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा कम हुने भएकाले आफ्नो तौल नियन्त्रण गर्न चाहनेहरूका लागि यो उत्तम विकल्प हो। साथै, यसमा सीमित मात्रामा बोसो पनि हुन्छ।

पाचन प्रक्रियामा सहयोगीः चट्टेलमा पाइने डाइटरी फाइबर कब्जियतको समस्यामा वरदान साबित हुन्छ । यसले नियमित आन्द्राको चाललाई बढावा दिन्छ र पेटलाई राम्ररी सफा गर्छ।

प्रतिरक्षा प्रणालीका लागि उपयोगीः भिटामिन सीले शरीरलाई संक्रमण र रोगहरूबाट बचाउन मद्दत गर्छ। चट्टेलमा भिटामिन सी पनि राम्रो मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

३ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक