मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
पाटन – युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताएका छन्। निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले सम्बन्धित देशका व्यापार सम्बद्ध सङ्घसंस्थासँग भेटघाट गरेर सहजीकरण गर्ने विश्वास दिलाए।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्ने प्रस्ट पारे।
“व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायी पनि मिलेर काम गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ।
जागरुकतालाई रचनात्मक बनाउनु पर् यो, विश्वमा अलैँची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बङ्गलादेशमा नेपाली स्ट्राबेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ। जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्छौँ”, राजदूत ओलीले भने।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्ने र व्यापार प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताए।
“श्रमसँग र व्यापारसँग सम्बन्धित काम हाम्रो प्राथमिकता हो। नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो। जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदूतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भइरहेको छ। त्यसलाई अझ प्रभावकाकरी बनाउँछौँ”, राजदूत लम्सालले भने।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको व्यापार घाटा ठूलो भएको बताउँदै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राखे।
“हामीले दिने सेवामा पासपोर्ट, भिजा लगायतका कन्सुलर सेवा त छँदैछ, त्यसका अलावा विभिन्न एक्स्पोमा स्टलहरु निःशुल्क गराउन पहल गर्नेछु। नेपालीलाई विदेशमा मेला पर्वहरु गर्न उत्साहित गर्छौँ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहन्छु”, राजदूत खत्रीले भने।
उनले नेपाली व्यापारीले आग्रह गर्दा जहिले पनि सहजीकरण गर्न तयार हुने बताए। उनले निर्यात गर्ने उत्पादनलाई प्याकेजिङ र लेबलिङ र ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राखे।
निर्यात परिषद्को अध्यक्ष रेशम पोखरेलले युएईका लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणीकरण र निर्यातका लागि दूतावासले पहल गरिदिनुपर्छ भन्ने धारणा राखे।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षमा छुर्पी करिब रु तीन अर्बको निर्यात भएको पाइन्छ भन्दै छुर्पीको पेटेन्ट राइट लिनुपर्ने धारणा राखे। उनले अहिले जापानमा घ्यू आवश्यक रहेको भन्दै त्यहाँ कसरी पठाउने त भन्ने विषयमा सोच्न सक्दा राम्रो हुने बताए।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको बताउँदै त्यहाँका सङ्घसंस्था र आयोजकसँग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्नेमा जोड दिए।
उनले राजदूतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको ब्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुन्छ भन्नेमा जोड दिए। -रासस

यो पनि पढ्नुहोस्

आज नेवार समुदायमा म्हपूजा

आज नेवार समुदायमा म्हपूजा

१ घण्टा अगाडि
आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक