मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मुख्यमन्त्रीमा कार्कीको कमब्याक, निरन्तरतामा शंका कायमै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मुख्यमन्त्रीमा कार्कीको कमब्याक, निरन्तरतामा शंका कायमै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सर्वोच्च अदालतले परमादेश जारी गरेको २४ घण्टाभित्रै कोशी प्रदेशमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मत कार्कीले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार सर्वोच्चको पूर्ण इजालाले उद्धव थापाले लिएको विश्वसाको मतलाई बदर गर्दै संविधानको धारा १६८ (३) अनुसार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

आदेश जारी भएको २४ घण्टामै प्रदेश प्रमुख पर्शुराम खापुङले कार्यान्वयन गरेका छन्। कार्कीले शुक्रबार साँझ प्रमुख खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री कार्कीसँगै तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन्। उर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वनमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधारमन्त्रीमा एकराज कार्कीले शपथ लिएका हुन्। यस्तै, सिजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्।

यसअघि धारा १६८ (२) बमोजिम नियुक्त भएका कार्कीले विश्वसाको मत नपाउँदा असार १५ गते सत्ता छाड्नु परेको थियो। ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री नियुक्त भए पनि कार्कीले विश्वासको मत पुर्‍याउने सम्भावना अहिलेसम्मको विकसित राजनीतिक घटनाक्रमअनुसार देखिँदैन।

असार १५ मा एमालेको ४० र राप्रपाको ६ मतसहित ४६ मत पाएका कार्की एक मत नपुग्दा पदच्युत भएका थिए। यसपटक पनि राप्रपाले कार्कीलाई समर्थन जारी राख्ने निर्णय गरेको छ। तथापि, अबको ३० दिनभित्र विश्वासको मत लिँदा ४७ मत पुग्ने सुनिश्चिता छैन।

राप्रपाले कार्की नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने जनाएको छ। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वोच्च अदालतले सच्चाएको बताए।

सिटौलाले भने, ‘अब एमालेको संसदीय दलको नेताको नेतृत्वमा बन्ने सरकारलाई राप्रपाले समर्थन गर्छ। सरकारमा अहिले नै हामी सहभागी हुँदैनौँ। तर हाम्रो समर्थन पूरा रहने छ।’

अहिले नै सरकारमा जाने अवस्था नभएको बताएका सिटौलाले भने, ‘विश्वासको मतसम्म सरकारलाई समर्थन गर्ने हो। विश्वासको मतपछि पनि केन्द्रीय कमिटिले निर्णय गर्छ। सरसल्लाह गर्छौँ। तर, अहिले नै सरकारमा जाने भने होइन।’

विश्वासको मतका लागि ४७ सिट आवश्यक हुनेमा सिटौलाले भने, ‘अहिले यो कुरा राजनीतिक हो। रात रहे अग्राख पलाए भने झैँ होला। त्यसका लागि गम्भीरतापूर्व लाग्न एमाले नेतृत्वलाई भनेका छौँ। तर, मध्यवाधितर्फ हामी जादैनौँ।’

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक