शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

करोडौं नोक्सानीपछि निगमको उडान रियादबाट दमाम सर्‍यो

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
करोडौं नोक्सानीपछि निगमको उडान रियादबाट दमाम सर्‍यो

काठमाडौँ  / करोडौं घाटा व्यहोरेपछि नेपाल वायुसेवा  निगमले साउदी अरबको राजधानी रियाद उडान बन्द गरेको छ । तामझामका साथ २०७९ वैशाख ९ गतेदेखि निगमले साउदीको राजधानीमा श्रमबजारलाई लक्षित गर्दै काठमाडौं–रियाद सिधा उडान थालेको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, सातामा दुइटा उडान हुँदै आएको रियादमा आम्दानी गर्न नसकेपछि साउदीको पश्चिमी सहर दमाममा बुधबारदेखि उडान सुरु गरिएको छ । ‘रियादमा त्यहाँको सिभिल एभिएसनबाट उडान समयका एकरुपता प्राप्त भएन । कहिले कुन बार, कहिले कुन समयले गर्दा उडानमा स्थिरता हुन नसक्दा निगमले नोक्सानी ब्यहोर्नु पर्‍यो । र, हामीले अब दमाम उडान गर्ने निर्णय लियौं । त्यहाँबाट उडान समयमा स्थिरता हुने आश्वासन प्राप्त भएको छ ।’

प्रवक्ता पौडेलले अहिले सातामा दुई दिन बुधबार र शनिबार काठमाडौंबाट सिधा उडान गर्ने यात्रुको माग बढ्दै गएपछि उडान संख्या थप्ने बताए । निगमले बुधबार राति दमामका लागि पठाएको पहिलो उडानबाट १ सय २६ यात्रु गएका थिए । १ सय ५८ सिट क्षमताको एयरबस ए–३२० ले दमामबाट नेपाल १ सय १७ जना यात्रु ल्याएर फर्केको थियो ।

सातामा दुई दिनमात्रै उडान हुने भएकाले निगमले अहिले चालक तथा क्याबिन क्रूसहित १० जना हाराहारीको बेग्लै सेट काठमाडौंबाट त्यही उडानमा पठाउने गरेको छ । निगमका एक पाइलटका अनुसार, एक सेटले जहाज लैजाने र अर्को सेटलाई ल्याउने जिम्मेवारी दिइएको छ ।

दमाममा निगमअघि चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलायन्सले ०७४ देखि दमाममा उडान गर्दै आइरहेको छ । दमाममा ठूलो संख्यामा नेपाली कामदार छन् । अब निगमले हिमालय एयरलायन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

निगमले बजार अध्ययन नगरी एजेन्टसँग कमिसन असुल्ने उद्देश्यले उडान थाल्दा यसअघि वाइडबडी विमानबाट जापानको ओसाकाको उडान पनि बन्द गरेको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाली सांसदसहित २१ जनाको भ्रमण टोली लिई सुरुआत गरेको रियाद उडान घाटामा गएसँगै यो गन्तव्य पनि ओसाका जस्तै कमिसन र बिना अध्ययनको विवादमुक्त हुन सकेन ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

दुई महिनामा एक खर्ब ५४ अर्ब राजस्व उठ्दा, एक खर्ब ३१ अर्ब खर्च

४ दिन अगाडि
विद्युतीय भुक्तानीबाट जुवा खेल्नेमाथि कारबाही हुने

साउनमा मूल्यवृद्धि ७.५२ प्रतिशत

५ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

१३ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

१७ मिनेट अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

२० मिनेट अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

२० मिनेट अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

२३ मिनेट अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

२५ मिनेट अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • माओवादीको पत्रले नेसपाभित्र तरंग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist