शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्रष्टा सम्मान पुरस्कार २०८०–राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्रष्टा सम्मान पुरस्कार २०८०–राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गर्नुभएका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । (सो भन्दा अगावै शान्ति समाजले उहाँलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको थियो ।)

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाण्डौ), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा. कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाण्डौ), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर),  श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्यप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी ८ भाषामा विशेष योगदान गर्नुभएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा (२०८० कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।

पुरस्कृत स्रष्टाहरुबारे ः
१. स्व.राजेश्वर नेपालीः वि.स.२००२ साल भदौ १९ गते बेलाग्राम धनुषामा जन्मनुभएका पत्रकार स्वतन्त्रता सेनानी एवं लोकतान्त्रिक आन्दोलनका अग्रज स्रष्टा राजेश्वर नेपालीका मैथिली भाषामा विचार क्रान्ती (कविता संग्रह), मिथिला मैथिली (कविता संग्रह), सोहागिन (कथा संग्रह) नेपालीमा गरिवको व्यथा (खण्डकाव्य), निसहाय मानव (खण्डकाव्य), नव नेपाल (हिन्दी कविता संग्रह) गरी मैथिली, नेपाली र हिन्दीमा दुई दर्जन कृतिहरु प्रकाशित छन् । २०८० भदौ ११ गते उहाँको निधन भएको थियो ।
२. प्रा.डा.राजेन्द्र विमलः वि.स. २००३ साल चैत्र १३ गते जनकपुरमा जन्मनुभएका स्रष्टा प्राध्यापक राजेन्द्र विमलका ई हमरे कथा थिक (कथासंग्रह), खहरेको तिर्खा (उपन्यास), रोएको जुन (उपन्यास), राजेन्द्र विमलका कथाहरू, मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा गरी मैथिली, नेपाली र अंग्रेजीमा दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
३. डा. रामप्रसाद ज्ञवालीः २०२४ साल वैशाख ११ गते गुल्मीमा जन्मनुभएका स्रष्टा ज्ञवालीका औसीका फूलहरु (महाकाव्य), स्वप्नदृष्टि (महाकाव्य), एकादेशमा (खण्डकाव्य), जीवनका घुम्तीहरु (उपन्यास) गरि समालोचना, कविता, उपन्यास, नाटक र बालसाहित्यको क्षेत्रमा ४१ वटा कृतिहरु प्रकाशित छन् ।
४. सुलोचना मानन्धरः २०११ फागुन २९ गते झोछें काठमाण्डौमा जन्मनुभएकी स्रष्टा सुलोचना मानन्धरका नेपालभाषा (नेवारी)मा झ्यारखाना (कथासंग्रह), कर्मया भोग धैगु छु? (निबन्ध) लगायत ७ वटा र नेपालीमा इतिहासका जिउँदा पानाहरु (निबन्ध संग्रह), रात (कविता संग्रह) लगायत ८ वटा गरि कुल १५ कृतिहरु प्रकाशित छन् । उहाँको रात कविता संग्रहको अंग्रेजी अनुवाद समेत प्रकाशित भएको छ ।
५.डा. कृष्णराज चौधरी सर्वहारीः २०२८ साल भदौ ६ गते लमही दाङमा जन्मनुभएका स्रष्टा डा.सर्वहारीका थारु भाषामा सुख्ली (थारु भाषाको पहिलो बाल कथा संग्रह), जोन्हू मामा (थारु भाषाको पहिलो बाल कविता संग्रह), फुटल करम (थारु भाषाको पहिलो उपन्यास) गरि थारु, नेपाली र अंग्रेजी भाषामा गरि ३१ वटा कृतिहरु प्रकाशित छन् ।
६.प्रा.डा. सावित्री कक्षपतीः २०१६ साल साउन ४ गते मखनटोल तानसेनमा जन्मनुभएकी स्रष्टा कक्षपतिका उत्तरवर्ती चरणका नेपाली कथामा संस्कृति, पाल्पाका लोकगीतको अध्ययन लगायत ३ वटा कृति प्रकाशित छन् ।
७. प्रा.नवराज पाण्डेयः २०२३ साल जेठ ७ गते अर्घाखाँचीमा जन्मनुभएका स्रष्टा पाण्डेयका संस्कृत भाषामा परमानन्दचरितामृतम् (काव्य), कालिगण्डकी (नेपाली महाकाव्य), व्याकरणमहाभाष्यम् गरी संस्कृत र नेपाली भाषामा एक दर्जन कृतिहरु प्रकाशित छन् ।
८. मुकुन्द आचार्यः २००१ साल चैत्र ६ गते मकवानपुर  गढीमा जन्मनुभएका स्रष्टा मुकुन्द आचार्यको भोजपुरी भाषामा भोजपुरी गद्य साहित्य (अनुसन्धानमूलक ग्रन्थ), भोजपुरी उखान र टुक्का (अनुसन्धानमूलक ग्रन्थ), डार एक फूल अनेक (भोजपुरी भाषामा धारावाहीक उपन्यास) लगायत भोजपुरी, नेपाली भाषामा अनुवाद समेत गरी एक दर्जन पुस्तक प्रकाशित छन् ।
९. बाजुराम पौडेलः २०१० चैत्र २० गते काठमाण्डौमा जन्मनुभएका स्रष्टा बाजुराम पौडेलका शान्ताश्री (महाकाव्य), उनी उर्मिला (महाकाव्य), जूनकीरी (बालमहाकाव्य), सिर्जना फस्टाउनुपर्छ (खण्डकाव्य), अर्को संसार (उपन्यास) गरी एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
१०. कमलादेवी हेमचुरीः सन् १९६३ मे १ मा पाल्पामा जन्मनुभएकी स्रष्टा कमला हेमचुरीको ब्राम्हणबाद विरुद्ध बुद्ध र अम्वेडकर नामक कृति प्रकाशित छ भने उहाँले डा. भिमराव अम्बेडकर लिखित दुई वटा पुस्तकको नेपाली अनुवाद समेत गर्नुभएको छ । सामाजिक न्यायको आन्दोलनमा सक्रिय हेमचुरीका दर्जनौ लेख÷कार्यपत्र प्रकाशित छन् ।
११. लीला रानाः २०१० पुस ३ गते  बैदीछाप स्याङ्जामा जन्मनुभएकी स्रष्टा रानाका मगर भाषामा बामरी सार रीलीङ झुरुम (कविता संग्रह) एक मुठ्ठी बुकी फूल (नेपाली कविता संग्रह) गरि आधा दर्जन कृतिहरु प्रकाशित छन् ।
१२. मधुराज केरुङः २०४९ असार २३ गते पाँचथरमा जन्मनुभएका स्रष्टा केरुङका लिम्बु भाषामा साम्याङफुङ (गजल संग्रह), तुम्दुमसेरी (कविता संग्रह), गरी ३ वटा कृतिहरु प्रकाशित छन् ।
१३. मधु शाही बस्नेतः २०४० माघ २ गते जन्मनुभएकी खर्पुनाथ हुम्ला निवासी स्रष्टा मधु शाहीका मधु माधव (कथा संग्रह), बुनु (कविता संग्रह), तिमी र म (गजल संग्रह) गरि ४ वटा कृति प्रकाशित छन् ।
१४. हंसावती कुर्मीः २०३५ माघ १ गते जन्मनुभएकी स्रष्टा हंसावती कुर्मी ‘हंसा’का अवधी भाषामा अजोरिया (कविता संग्रह), नेपालीमा विम्व प्रतिविम्व (कथा संग्रह), बिरानो बस्ती गरि ३ वटा पुस्तक प्रकाशित छन् ।
१५.मधु हमाल (बालकुमारी)ः २००९ मंसिर २५ गते जन्मनुभएकी कञ्चनपुर निवासी स्रष्टा मधु हमालका व्यथाको कथा (कथा संग्रह), सुजीत स्मृति लहर गरी दुई वटा कृति प्रकाशित छन् ।
समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : १७ भदौ २०८०  

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

३ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक