बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भेषराज बस्नेत

राँझा (बाँके) । वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक्नुभएको छैन । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातकाे समयमा राम्ररी निदाउन सकिन्न ।”

राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ ।

राप्ती नदीले राप्ती सोनारीको २ नंं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई बर्षेनी त्रासमा राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दिपुले बताउनुभयो । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, पाण्डेले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”

तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं. वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–बेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको स्थानीय सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताउनुभयो ।

नदी नियन्त्रणको लागि वर्षा सुरु भएपछि थुपारेका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाएका तटबन्धसमेत राप्तीले बगाएको छ । तारजालीबिनै खसालेका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । “विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो”, पाण्डेले भन्नुभयो, “बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।”

जोखिमा रहेका बस्ती र घर–परिवारको सुरक्षाका लागि २०७९ असोज २८ गते नै जनताको तटबन्ध फिल्ड कार्यालयलाई पत्राचार गरे पनि चासो नदिएका कारण राप्ती सोनारीको वडा नं।६, ७ र नरैनापुरको ५ र ६ नं. वडाका वस्तीहरु डुबान र कटानको उच्च जोखिममा रहेको राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले बताउनुभयो ।

राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगन्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको स्थानीय अगुवा माधव पौडेलले जानकारी दिनुभयो । “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौं बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ”, पौडेलले भन्नुभयो, “नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रुपले नदीको कटानमा परिरहेको छ ।”

राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेको अर्का स्थानीय रामदास थारुको भनाइ छ । राप्ती नदीको कटान नरोकिए मानव बस्ती जोगाउन कठिन हुने उहाँले बताउनुभयो । “नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।”

जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ । कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ । दक्षिणतिरबाट राप्ती नदीले कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र ओलीले बताउनुभयो । “राज्यले यही ठाउँबाट नदीजन्य पदार्थ सङ्कलन गरेर करोडौं राजस्व उठाउँछ । तर नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदैन”, वडाध्यक्ष ओलीले भन्नुभयो, “यहाँका जनता वर्षौंदेखि राप्ती नदीबाट पीडित छन् । सरकारले अहिलेसम्म कुनै पनि तटबन्धको योजना दिएको छैन ।”

आफ्नो वडामा पर्ने अगैयादेखि राजपुरसम्मको करिब २८ किलोमिटर क्षेत्रलाई राप्ती नदीले कटान गर्दै आएको उहाँले बताउनुभयो । “स्थानीय सरकारको रुपमा अहिले गाउँपालिका छ । गाउँपालिकाले राप्ती नदी नियन्त्रणका लागि आफूसँग पर्याप्त बजेट नभएको बताउँछ ।”, ओलीले भन्नुभयो, “नदी नियन्त्रण हुन नसक्दा जनता सधैं त्रासमा बस्न बाध्य छन् ।’

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले राप्ती नदीले धेरै ठाउँमा कटान गरेकाले गाउँपालिकाको बजेटबाट मात्र नदी नियन्त्रण गर्न सम्भव नभएको बताउनुभयो । “गाउँपालिकाको सबै बजेट खर्च गर्दा पनि नदी नियन्त्रण गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अहिले जनताको तटबन्ध कार्यक्रममार्फत काम भइरहेको छ । राप्ती नदी नियन्त्रणका लागि सङ्घीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ ।”

राप्ती नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, तटबन्धको कार्यक्रम द्रुत गतिमा नहुँदा संरक्षणको काम पनि प्रभावित भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अति जोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको सहारामा नदी नियन्त्रणको काम गरिएको जनताको तटबन्धका इन्जिनीयर सूर्यदेव नायकले बताउनुभयो । “तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उहाँले भन्नुभयो, “मनसुन सुरु भइसकेकोले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”

जनताको तटबन्धले नदी नियन्त्रणको लागि राखेको ढुङ्गा राप्तीले बगाइसकेको छ । नदी नियन्त्रणको लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा वारम्बार पहल भए पनि काम हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताउनुभयो । नदी नियन्त्रणको लागि राप्ती नदीमा तटबन्ध निर्माण कार्यको ठेक्का भइसकेकाले त्यसलाई समयमै कार्यान्वयन गर्नतर्फ आफूले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान

बाढी र अन्य विपद्बाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । यस वर्ष बाढीलगायत आगलागी, भूकम्प, शितलहरजस्ता विपद्बाट २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । “विपद्बाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको छ”, उहाँले भन्नुभयो, “विपदबाट सय जना घाइते र अस्थायी रुपमा पाँच हजार तथा स्थायी रुपमा पाँच हजार परिवार विस्थापित हुने अनुमान छ ।”

राप्ती सोनारी र नरैनापुर गाउँपालिका बढी प्रभावित हुने भएपनि बाँकेका सबै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीले नरैनापुर गाउँपालिकाका छ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको बताउनुभयो । बाढीबाट धेरै क्षति हुने पालिकामा राप्ती सोनारी गाउँपालिकालाई पनि राखिएको छ । त्यहाँको नौ वटै वडा बाढीको उच्च जोखिममा  छन् ।

बाँकेमा अहिलेसम्म २०७१ सालमा आएको बाढीले सबैभन्दा बढी क्षति पु र्‍य ाएको छ । उक्त वर्ष राप्ती, डुडुवा, मानखोला लगायत नदी र खोलामा आएको बाढीमा परी २० जनाले ज्यान गुमाउनुपरेको थियो भने १२ वटा विद्यालयमा क्षति पुगेको थियो । उक्त वर्षको बाढीबाट १२ हजार तीन सय ४० घरका ६९ हजार नौ सय ३४ जना प्रभावित भएका थिए । त्यसैगरी, २०७४ साउन २९ गते बाँकेका विभिन्न नदी र खोलामा आएको बाढीबाट १६ हजार आठ सय ५९ घरपरिवारका ९४ हजार दुई सय ६२ जना प्रभावित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, उक्त वर्षको बाढीमा परी आठ जनाले ज्यान गुमाएका थिए भने १२ वटा ११ हजार तीन सय ५० जना विद्यार्थी प्रभावित भएका थिए ।

समितिले विपद्का बेला उद्धार र राहतका लागि योजना बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, नेपालगञ्जको चारवाहिनी, राँझा विमानस्थल, कोहलपुर नगरपालिका–११ दश बिघा, नरैनापुर गाउँपालिका–१ कट्कुइँया, नरैनापुर गाउँपालिका–५ नयाँबस्ती, मटेहिया, गङ्गापुर र सुइयामा हेलिप्याड निर्माण गरिएको छ । त्यसैगरी, राप्तिसोनारी गाउँपालिका–२ अगैँया, राप्तीसोनारी गाउँपालिका–१ सिक्टा, वडा नं ३ बैजापुर, टिकुलीपुर, फत्तेपुर र जानकी गाउँपालिका–१ साईगाँउ तथा खजुरा गाउँपालिका सीतापुर, बैजनाथ गाउँपालिका–५ बनकटुवा, डुडुवा गाउँपालिका–१ होलिया, मदनापुर र कम्दीमा हेलिप्याड निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका स्रोत व्यक्ति रुपन ज्ञवालीले बताउनुभयो ।  रासस

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१४ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक