मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनले सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै विरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चीनले सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनको नयाँ नक्साले छिमेकी राष्ट्रहरु चिढिएका छन् । चीनले आफूहरुको सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै ३ राष्ट्रले विरोध जनाउँदा नेपाल भने मौन देखिन्छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन । नयाँ नक्सामा भारत र फिलिपिन्सले औपचारिक असहमति जनाएका छन् भने मलेसियाले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

सन् २००६ यता चीनले नक्सा अध्यावधिक गर्दै आएको छ । चीन छिमेकीहरुको समेत भूभागमा आफ्नो दाबी गर्दै गत सोमबारमात्रै नयाँ नक्सा जारी गरेको हो । यो नक्सा स्वीकार्य नहुने चेतावनी फिलिपिन्सले दिएको छ ।

चीनले साउथ चाइना सीको फिलिपिन्सको भूभाग समेत नयाँ नक्सामा समेटेको भन्दै मनिलाले आपत्ति जनाएको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय न्यायाधिकरणले मनिलाको पक्षमा फैसला गर्दै विवादित क्षेत्रको सीमांकन गरेको थियो ।

अन्तर्राष्ट्रिय न्यायाधीकरणको त्यस सीमांकनलाई वेवास्ता गर्दै फिलिपिन्सको भूभाग राखेर चीनले नक्सा सार्वजनिक गरेपछि मनिलाले आपत्ति जनाएको छ ।

फिलिपिनी विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘फिलिपिन्सको सार्वभौमसत्ता माथि धावा बोल्दै सामुन्द्रिक क्षेत्रलाई जबरजस्ती आफ्नो नक्सामा समेट्ने चिनियाँ प्रयास अन्तर्राष्ट्रिय कानुन विपरीत छ । यो नक्सा हामीलाई स्वीकार्य छैन ।’

भारतले मंगलबार नै औपचारिक विरोध गरेको थियो । अरुणाञ्चल प्रदेश र आक्साइ चीन पठार बेइजिङले आफ्नो नक्सामा राखेपछि नयाँदिल्लीले विरोध जनाएको हो । ‘बिना कुनै आधार हाम्रा भूमि आफ्नो नक्सामा समेट्ने कुरा भारतलाई स्वीकार्य छैन । हामीले कुटनीतिक ढंगबाट यसको विरोध जनाएका छौँ,’ भारतीय विदेश मन्त्रालयका सचिव अरिन्दम बाग्चीले भनेका छन् ।

मलेसियाको विदेशमन्त्रालयले पनि चीनले एक पक्षीय नक्सा जारी गरेर आफ्नो मुलुकको सार्वभौमिकतामा प्रहार गरेको बताएको छ । ‘चीनले एकतर्फी जारी गरेको नयाँ नक्सा हामीलाई स्वीकार्य छैन । जबर्रजस्ती नक्सा जारी गरेर चीनले मलेसियाको सार्वभौमिकता अस्वीकार गरेको छ भने हाम्रो सामुन्द्रिक क्षेत्रमा मलेसियाको सार्वभौम अधिकार हनन गरेको छ,’ मलेसियाली विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

चीनले भने नयाँ नक्सा नियमित प्रक्रिया अन्तर्गत प्रकाशित भएको र कसैको सार्वभौमिकता हनन नगरेको जिकिर गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनवीनले भनेका छन्, ‘हामीले कानुनसम्मत ढंगले नियमित प्रक्रिया अन्तर्गत नक्सा प्रकाशित गरेका हौं । हामीले कसैको पनि सार्वभौमिकता आक्रमण गरेका छैनौं । सबै असन्तुष्टि विरोध चीनलाई विवादमा तान्ने प्रपञ्ज मात्रै हो ।’

मौन नेपाल

नेपालको प्रतिनिधिसभाले २०७७ जेठमा सर्वसम्मत रुपमा चुच्चे नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राखिएको त्यस नक्सालाई मान्यता नदिएर चीनले नेपालको पुरानै भूभाग देखिने गरी नक्सा निर्माण गरेको छ ।

तर अन्य छिमेकी राष्ट्रले चीनको नयाँ नक्साप्रति विरोध जनाउँदा नेपाल भने मौन नै छ । चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपालले यसका सम्बन्धमा चीनसँग आफ्नो प्रस्ट अडान राख्ननुपर्ने मत राख्छन् । ‘चुच्चे नक्साबारे नेपालले चीनसँग प्रस्ट अडान राख्नुपर्छ । भारतले पनि आफ्नो राजनीतिक नक्सामा यसलाई मान्यता नदिएको हुनाले चीनले पनि भारतलाई नचिढ्याउन त्यसलाई समावेश नगरेको हुनसक्छ,’ उनले भने ।

यस विषयमा सरकारले अझैसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन । यस्तो बेलामा सम्बन्धित राष्ट्रलाई कुटनीतिक नोट पठाउने, कुटनीतिक च्यानलमार्फत कुरा राख्ने आदि प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ भ्रमणमा जाने तयारी गरेकाले यसबार उहीँ गएर अडान राख्ने तयारी भएको प्रधामन्त्रीको सचिवालयको दाबी छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘चीनको नक्साबारे अहिले केही प्रतिक्रिया जनाइहाल्ने भन्दा पनि उतै पुगेर आफ्ना अडान चीन समक्ष प्रस्तुत गर्ने प्रधानमन्त्रीको तयारी छ । यहाँबाट विरोध भन्दा पनि उतै गएर आफ्ना कुरा राख्नुहुनेछ ।’

– एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

२ घण्टा अगाडि
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक