शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

डा. कर्णले पाँच लाखमा शिशु बिक्री गरेको पुष्टि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
डा. कर्णले पाँच लाखमा शिशु बिक्री गरेको पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर / कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) नि:सन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।

डा. कर्णले भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती मंगलबार शिशुसहित मोरङ प्रहरीमा उपस्थित भएका थिए । बच्चा खरिद गर्ने सूर्यनारायण, आमा दिलमाया, दिदी सुधा राजवंशी र डा. कर्णका सहयोगी निर्मला यादव ‘निरु’ लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यसैबीच शिशु बिक्री गर्ने डा. कर्णलाई पनि मंगलबार प्रहरीले हिरासतमा लिएको छ । उनी गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहाना गरेर कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मंगलबार डिस्चार्ज गरेपछि उनलाई पनि हिरासतमा लिएको प्रहरीले बताएको छ ।

डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा राजवंशी मार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने नि:सन्तान राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ । ‘डा. कर्णले विगतमा पनि त्यस्ता शिशु बिक्री गरेको सुनेको थिएँ । मैले पनि त्यस्तो बच्चा फेला परे आफूलाई दिन डाक्टर कर्णसँग आग्रह गरेको थिएँ,’ सुधाले भनिन्, ‘असार १४ गते डा. कर्णले फोन गरेर बच्चा लिने हो भने । मैले लिने हो भनेँ । अनि त्यसैदिन ५ लाख रुपैयाँ दिएर भाइ बुहारीका लागि यो शिशु लिएको हुँ ।’

उनका अनुसार भाइ बुहारीको विवाह भएको दशक बित्दा पनि सन्तान नभएपछि उक्त शिशु खरिद गरेकी थिइन् । उनले पाँच लाख रुपैयाँमा डा. कर्णकी असिस्टेण्ट निर्मला यादव (निरु) मार्फत कर्णलाई दिएको बताएकी छन् ।

उनीहरुले शिशु खरिद गरेको सातापछि विराटनगरकै विराट नर्सिङ होममा शिशुको एक सातासम्म निमोनियाको उपचार गरेर घर लगेको सूर्यनारायणकी आमा दिलमायाले बताइन् । उनले भनिन्, ‘एक साता सम्म एनआईसीयूमा राखेर उपचार गर्दा दुई लाखभन्दा बढी खर्च भयो ।’ उनले शिशु जसरी भए पनि आफूलाई उपलब्ध गर्ने व्यवस्था मिलाइदिन पनि प्रहरी समक्ष हारगुहार गर्दै थिइन् ।

सुधाले आफूले बच्चा डा. कर्णसँग किनेको र उसको आमालाई नदिने भन्दै नर्सलाई नै हप्काएर पठाएको प्रत्यक्षदर्शी अस्पतालका नर्सको भनाइ छ ।

स्त्री रोग विशेषज्ञ कर्णले त्यसअघि अविवाहित बाबु गोविन्दसँग शिशुको व्यवस्थापनका नाममा ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो । कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट समेत थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु नि:सन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

प्रेमी गोविन्दले प्रेमिकालाई असार १३ विराटनगरको ग्रिनक्रस अस्पताल नजिकै रहेको डा. कर्णको निजी दिपेश मेडिकल क्लिनिकमा लिएर आएका थिए । आफ्नो क्लिनिकमा सुरुवाती परीक्षण गरेर कर्णले ती युवक र युवतीको नाम र ठेगना परिवर्तन गरेर क्लिनिक नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गरेर असार १४ गते नर्मल अवस्थामा बच्चीको जन्म गराएर त्यसै दिन युवतीलाई बच्चाबिना नै डिस्चार्ज दिएका थिए । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको नाम फूलकुमारी तामाङ अनि ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ । जवकि रामधुनीमा वडा ११ नै छैन ।

उक्त प्रकरणलाई नजिकबाट हेरेका अस्पतालका नर्सद्वयका अनुसार डा. कर्णले असार १३ गते साँझ ७ बजे क्लिनिककी सहयोगी निर्मला यादव (निरु) मार्फत ती गर्भवती युवतीलाई अस्पताल पठाएर नाम परिवर्तन गराएर भर्ना गराएका थिए । गर्भवती युवतीलाई अस्पतालमा भर्ना गरेपछि निरुले नै उनलाई ब्यथा लाग्ने औषधि चलाएर आफूहरूलाई निगरानी मात्र गर्न र केही परे वा डेलीभरी हुने स्थिति भएमा आफूलाई जानकारी गर्नु भन्दै हिँडेको अनुसन्धानमा खुलेको छ ।

‘युवतीलाई राति ज्वरो आयो । त्यसवेला निरुले हामीलाई सिटामोल दिन समेत इजाजत दिइनन् र राति आफैं अस्पताल आएर युवतीलाई सिटामोल खुवाइन् । उनले आसपासका कुनै पनि पसलमा नकिनी सबै औषधि आफैं लिएर आएकी थिइन् । १४ गते बिहान सवा ७ बजेतिर युवतीको पाठेघरको मुख खुलेर डेलिभरी हुने अवस्था आएपछि निरुलाई हामीले जानकारी गरायौं,’ ती नर्सले भने, ‘त्यसपछि निरु दिदी अस्पताल आएर आफैंले ८ बजेतिर डेलिभरी गराइन् । त्यसपछि डा. कर्ण अस्पताल आइपुगे ।’

त्यसपछि निरुले शिशुलाई सुधाको हातमा थमाइदिएकी थिइन् । त्यसै बेला सुधाले फोन गरेर शिशु लिने मानिसलाई बोलाएको बुझिएको छ । ‘उनीहरु तुरुन्त आए । सुधाले लु हेर बच्चा राम्रो छ । लिएर जाओ भन्दै उनीहरुको हातमा थमाइदिइन् । त्यसबेला बिहानको करिब साढे ८ बजेको थियो,’ ती नर्सको बयान थियो ।

त्यसपछि डा. कर्णले डेलिभरी नोटमा बच्चा (छोरी) नर्मल जन्मिएको, तौल कम ९ सय ५० ग्राम मात्र भएको र धरान वा विराट नर्सिङ होममा थप उपचार गर्न लैजाने भन्दै नाम परिवर्तन गरिएका शिशुका बाबु रामबहादुर तामाङले बच्च बुझेको ब्यहोराको कागज नर्सहरूलाई लेख्न लगाएको ती दुई नर्सले बयान दिएका छन् ।

यस क्रममा डा. कर्णले प्रेम जोडीलाई बच्चाबिना नै डिस्चार्ज दिएर घर पठाएका थिए । उनीहरुका अनुसार शिशुको तौल सवा दुई किलो थियो । ती दुई नर्सले भने डा. कर्णले आफूहरुलाई बच्चाको तौल ९ सय ५० ग्राम मात्र भएको पत्र लेख्न दबाब दिएको बताएका छन् ।

डा. कार्णले असार अन्तिम साता पनि अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु (छोरा) पनि यही अस्पतालमा जन्माएर काठमाडौंका अग्रवाल थरका एक नि:सन्तान दम्पतीलाई बिक्री गरेका थिए । उक्त शिशुको तौल निकै कम थियो । र अग्रवाल दम्पतीले उक्त शिशुलाई विराटनगरकै एक अस्पतालमा एक सता सम्म उपचार गरेर लिएर गएका थिए ।

डा. कर्णले दशक अगाडि मोरङको ग्रामथान गाउँपालिकाका एक नि:सन्तान दम्पतीलाई ५ लाख रुपैयाँ लिएर अवैध सम्बन्धबाट जन्मिएकी शिशु उपलब्ध गराएका थिए । अस्पताल स्रोतका अनुसार डा. कर्ण कोशी अस्पतालमा स्त्री रोग विशेषज्ञका रुपमा करिब अढाई दशक काम गरे । त्यस अवधिमा उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेका उदाहरण सर्वत्र रहेको अनुसन्धानमा खुलेको छ । २०६३–०६४ सालमा पनि अस्पतालबाट तीन जना नवजात शिशु अचानक हराउँदा अस्पतालमा ठूलो हंगमा मच्चिएको थियो । स्रोतका अनुसार ती शिशु पनि डा. कर्णकै सक्रियतामा नि:सन्तान दम्पती समक्ष पुगेको आशंका गरिएको थियो । कोशी अस्पताल स्रोतका अनुसार डा. कर्णको मुख्य धन्धा नै अवैध सम्बन्धबाट जन्मिने शिशु नि:सन्तान दम्पतीलाई बिक्री गर्नु र गर्भपतन गराउनु हो ।

डा. कर्णले आफ्नो क्लिनिकबाट गर्भवती महिलालाई अस्पतालमा ल्याएर डेलिभरी गराएर पठाउने गरेका थिए । त्यसवापत उनले अस्पतालाई बेड चार्ज मात्र तिर्दै आएका थिए । ग्रिनक्रस अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण खवासले भने उक्त प्रकरणमा पनि डा. कर्णले अस्पताललाई एक रातको बेड चार्ज तीन हजार रुपैयाँ तिरेका थिए । विश्वासले डा. कर्णलाई आफ्नो क्लिनिकबाट गर्भवती महिलालाई अस्पतालमा ल्याएर डेलीभरी गराउन सुविधा दिएका थिए । ‘तर उनको धन्दा नै डरलाग्दो रहेछ,’ खवासले भने, ‘डा. कर्ण शिशु बेचबिखन कार्यमा संलग्न रहेछन् । उनको यो कर्तुत अस्पताल प्रशासनलाई यसअघि जानकारी थिएन ।’

हालै बेचिएका शिशुका अविवाहित बाबु गोविन्द र डा. कर्ण गत शुक्रबारदेखि प्रहरी नियन्त्रणमा छन् । प्रहरीले नियन्त्रण गर्ने क्रममा ग्रिनक्रस अस्पताल पुग्दा गर्भवती महिलाको शल्यक्रिया गर्ने तयारीमा रहेका ६८ वर्षीय डा. कर्ण मधुमेह र उच्च रत्तचाप बढेको भन्दै अचानक बिरामी परेको बहाना गरेपछि पाँच दिनसम्म कोशी अस्पतालको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) मा बसेर उपचार गराएका थिए । उनलाई मंगलबार अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले हिरासतमा लिएको हो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२ दिन अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित सात जना पक्राउ

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक