शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढायाे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढायाे

काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो .्सीर (आईबी) ले बिहीबार र शुक्रबार गरी शर्मासहित ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका सांसद शर्माबाहेक ७ जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। शर्मामाथि भने बाहिरै राखेर अनुसन्धान गरिनेछ।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा पक्राउ पर्नेमा शर्मासँगै मोरङबाट मनित चौधरी, धापासीस्थित इशान हस्पिटलमा कार्यरत श्रद्धा सिल्पकार, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरी, रामबाबु यादव, एरिना यादव, महोत्तरी निवासी रञ्जितकुमार यादव र भक्तपुरबाट पुनम थापा रहेका छन्।

‘अपरेसन क्वाक’का नाममा २०७३ सालमा सीआईबीले ५८ जना पक्राउ गरेको थियो। झन्डै १ हजार जना ‘डाक्टर’को शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकामा अनुसन्धान थालेको थियो। ५८ जनामध्ये ५५ जनाले केही समयमै सफाइ पाएपछि सीआईबी थप अघि बढेको थिएन। कांग्रेस सांसद शर्मा त्यहीबेला सूचीमा भए पनि फरार भएका थिए।

ठगीमा सफाइ पाउने भएपछि सीआईबीले यसपल्ट लिखत कीर्तेको कसुरमा अनुसन्धान थालेको हो। मुलुकी फौजदारी संहिताको दफा २७६ मा कीर्ते गर्न नहुने प्रावधान छ।

जसको उपदफा १ मा भनिएको छ, ‘कसैले सर्वसाधारण वा कसैलाई कुनै हानी, नोक्सानी वा क्षति पुर्‍याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्‍याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ।’

यसैगरी दफा २७७ मा कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुने भनिएको छ। हाल पक्राउ परेका ‘नक्कली डाक्टर’ यही दफाको उपदफा १ अनुसार कारबाहीको दायरामा आउनेछन्। जहाँ भनिएको छ, ‘कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भइ कसैले बेइमानीपूर्वक त्यस्तो लिखत सद्दे सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन।’

त्यस्तै, उपदफा ३ मा ‘कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरे सरहको सजाय हुने’ उल्लेख छ।

पक्राउ परेकाहरुले प्रमाणपत्र तह ९आइएससी०को प्रमाणपत्र नक्कली बनाएको आरोप छ। कीर्ते लिखत जानीजानी सद्दे सरह व्यवहारमा ल्याएको भन्ने कसुरमा उनीहरुमाथि अनुसन्धान हुनेछ। यदि उक्त आरोप प्रमाणित भए ‘अन्य कुरा कीर्ते’मा उनीहरुको मुद्दा चल्नेछ।

अन्य कुरा कीर्ते गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गराउन हुने कानुनी प्रावधान रहेको छ।अभियोग ठहर भएको अवस्थामा शर्माको सांसद पद नै जानेछ।

यो पनि पढ्नुहोस्

पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

७ मिनेट अगाडि
धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

पीएसओकी पत्नीमाथि गोली प्रहार

२४ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

५ मिनेट अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

७ मिनेट अगाडि
स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

१० मिनेट अगाडि
प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

१० मिनेट अगाडि
खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

९ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist