सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

किन पक्राउ परे कांग्रेस सांसद सुनिल शर्मा ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
किन पक्राउ परे कांग्रेस सांसद सुनिल शर्मा ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

सीआईबीले शर्मालाई बिहान ११ बजेतिर गोल्फुटारस्थित घरबाट नियन्त्रणमा लिएका थियो भने यसबारे सभामुखलाई अपराह्न जानकारी गराएको छ ।

संविधानको धारा १०३ मा सांसद पक्राउसम्बन्धी व्यवस्था छ, जसअनुसार अधिवेशन चलेको बेला फौजदारी अभियोगमाबाहेक अरुमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख छ । फौजदारी अभियोगमा पक्राउ गरे त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने भनिएको छ ।

शर्माको दल कांग्रेसले भने औपचारिक रुपमा केही बोलेको छैन । बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा शर्माको पक्राउबारे छलफल भने भएको थियो । पार्टीका सांसद शर्मालाई पक्राउ गर्नुको कारणबारे बुझ्ने काम भइरहेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ‘के कारणले पक्राउ परेको रहेछ भन्ने थाहा पाएपछि आफ्नो धारणा बनाउँछौं ।’

कांग्रेसकै कतिपय नेताहरु भने सांसद शर्माको पक्राउलाई शंकाको नजरले हेर्छन् । उनको सचिवालयले ‘संसदमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न’ पक्राउ गरिएको जिकिर गरेको छ ।

शर्माको विवादित विगत

सांसद शर्मा नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौं मेडिकल कलेज (केएसमसी), सिनामंगलका सञ्चालक हुन् ।

उनी मेडिकल क्षेत्रमा उनी जसरी आए, त्यसमा थुप्रै प्रश्न छ । नोबेल मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन भूमिका खेलेका उनको समूहले वाईसीएलसँग मिलेर डा. ज्ञानेन्द्र गिरी समूहको शेयर हत्याएको आरोप छ । २०७० को दशकको सुरुवातमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरुलाई प्रभावित पारेर क्षमताभन्दा बढी एमबीबीएस र एमडीको सिट निर्धारण गराए, जुन राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले पुष्टि गरेको छ ।

उनले सञ्चालन गरेको मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोके भन्दा बढी शुल्क लिएका दर्जनौं उजुरी परे । सरकारले ४५ लाख रुपैयाँ शुल्क तोकेको अवस्थामा नोबेललगायतका कलेजले ७५ लाख रुपैयाँसम्म लिएको पाइएको थियो । विद्यार्थीहरुलाई दबाब दिएर उजुरी नै दिनबाट रोक्ने गरेका थिए ।

शर्माको समूहले २०७८ भदौमा सिनामंगलस्थित केएमसीको स्वामित्व खरिद गरेको छ । उनले खरिद गरेपछि केएमसीमा पनि बढी शुल्क लिएको विवाद भयो । शर्माविरुद्ध राजस्व छलि, गैरकानूनी सम्पत्ति आर्जन लगायतका उजुरी पनि छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ मंसिरमा नोबेल मेडिकल कलेजमा छापा मारेर कागजात बरामदसमेत गरेको थियो । तर विभागले उनीमाथिको अनुसन्धान अहिलेसम्म टुंगोमा पु¥याएको छैन ।

बरु २०७९ को चुनावबाट सांसद चुनिएर आए । माओवादी केन्द्रसहितका दलहरुसँग चुनावी गठबन्धन गरेका कारण कांग्रेसमा पटक–पटक सांसद भइरहेका नेताहरुलाई समेत टिकट दिन सकेन । तर शर्मा भने सहजै मोरङ–३ को उम्मेदवार भए ।

कांग्रेसभित्र डा. शेखर कोइराला निकट मानिने शर्माले सभापति शेरबहादुर देउवासँग पनि त्यति नै राम्रो सम्बन्ध बनाएका कारण टिकट पाएको नेताहरु बताउँछन् ।

गृह र अर्थमन्त्रीको राजीनामा माग्दा पक्राउ ?

कांग्रेस नेताहरुका अनुसार पहिलो पटक सांसद भएका शर्मा प्रचण्ड सरकारमा मन्त्री बन्न चाहन्थे । तर न देउवाले उनलाई मन्त्रीको सूचीमा राखे, न डा. शेखरले नाम सिफारिस गरे । मन्त्री बन्न नपाएमा उनी निकै असन्तुष्ट देखिन्थे ।

पछिल्लो पटक सुन तस्करी प्रकरण आएपछि उनले आफ्नो असन्तुष्टि चर्को स्वरमा पोख्न थाले । भन्सार जाँचपास भइसकेको करिव एक क्विन्टल सुन २ साउनमा बरामद भएको थियो । ५ साउनमा बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे । सञ्चार माध्यमहरुमा समेत उनले निरन्तर गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाए ।

स्रोतका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद शर्माले आफ्नो विषयमा जथाभावी बोल्दै हिँडेको भन्दै पार्टी सभापति शेरबहादुर देउवासम्म कुरा पुर्‍याएका थिए । पार्टी प्रवक्ता त्यसमाथि आफ्नै समूहका नेताले गुनासो गरेपछि देउवाले ९ साउनमा स्वकीय सचिव भानु देउवामार्फत शर्मालाई बोलाउन लगाएका थिए । शर्माले संसदमा बोलेपछि मात्र आउँछु भन्ने जवाफ दिए ।

१० साउनमा संसद बैठक थियो । एमाले सांसदहरुले सुन तस्करीमा गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाँदै उच्चस्तरीय छानबिनको माग गर्‍यो । एमालेको अवरोधका बीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सांसद अर्जुन नरसिंह केसी र सांसद सुनिल शर्माले बोल्न हात उठाए । सभामुख देवराज घिमिरेले सुनिल शर्मालाई समय दिए । उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे र यही विषय उठाएर आमरण अनसन बस्ने चेतावनी दिए ।

त्यसयता पनि गृह र अर्थमन्त्रीमाथि निरन्तर प्रश्न गर्दै आएका शर्मा बिहीबार पक्राउ परे । त्यसैले कांग्रेसकै नेताहरु शर्माको विवादित छविबारे जति प्रष्ट छन्, मन्त्रीहरुमाथि प्रश्न उठाएकै कारण पक्राउ गरिएको होइन भनेर त्यति नै शंका गर्छन् ।

शर्मालाई पक्राउ गरेपछि सीआईबीले सभामुखलाई पठाएको पत्रले पनि यो आशंकालाई बल दिन्छ ।

पत्रअनुसार कतिपय चिकित्सकले भारतीय नक्कली प्रमाणपत्र पेश गरी दर्ता भएको तथा दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर नेपाल मेडिकल काउन्सिलले सूचना दिएको थियो । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आईस्सी तहको सुनिलकुमार शर्माको कैफियतमा अपुष्टता भनेर लेखेर आएकाले शैक्षिण प्रमाणपत्र कीर्ते गरेको कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ परेको सीआईबीले बताएको छ ।

यो पनि पढ्नुहोस्

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

१ दिन अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

२ दिन अगाडि

तर राष्ट्रिय परीक्षा बोर्डको पत्र हालसालै होइन । सीआईबीकी निर्देशक किरण बज्राचार्यले हस्ताक्षर गरेको पत्रअनुसार बोर्डले एक वर्ष पहिले अर्थात ५ साउन ३०७९ मा नै राष्ट्रिय परीक्षा बोर्डका शर्माबारे पत्र पठाएको देखिन्छ ।

साथै नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्रबारे सूचना पठाएको पनि सात वर्षअघि हो । सीआईबीले ‘अपरेसन क्वाक’ चलाएर आईएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सा शिक्षा अध्ययन गरेको भन्दै डाक्टरहरुमाथि मुद्दा चलाएको थियो । त्यसबेला शर्मा भने भागेर जापान पुगेका थिए । एकाध अपवादबाहेक सबैजसो ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले डाक्टरहरुलाई सफाइ दिएपछि शर्मा नेपाल फर्किएका थिए ।

अहिले पनि नक्कली प्रमाणपत्रबारे छानबिनको नियमित प्रक्रियामा सांसद शर्मालाई पनि नियन्त्रणमा लिइएको हो भने स्वभाविक मान्नुपर्ने कांग्रेसका एक नेता बताउँछन् । तर गृह र अर्थमन्त्रीमाथि प्रश्न गरेकै कारण पुरानो फाइल खोलेर पक्राउ गरिएको हो भने स्वभाविक मान्न नसकिने उनी बताउँछन् ।

गृह मन्त्रालयका अधिकारीहरु भने आफ्नो पुरानो फाइल खुल्छ भन्ने थाहा पाएर नै शर्माले सुन प्रकरणमा जथाभावी बोलेको दाबी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारी भन्छन्, ‘हिजोको उनको दबाव र प्रभावमा रोकिएको थियो होला, अहिले हेर्न थालेको थाहा पाएपछि आक्रामक बोलेका हुन् ।’

सीआईबीकी निर्देशक किरण बज्राचार्यले पनि यो पुरानै अपरेशनको निरन्तता भएको अनलाइनखबरसँग बताइन् । ‘पुरानो केसहरु हेरेर अलि अगाडिबाटै अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरतामा शर्माको शैक्षिक प्रमाण पत्रमाथि छानबिन भइरहेको थियो’, उनले भनिन्, ‘हालै पुष्टि भएपछि पक्राउ गरेका हौं ।’

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

९ घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

९ घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

९ घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist