बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आँखा पाक्ने रोग लागेमा आफुखुशी औषधि प्रयोग नगर्न सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आँखा पाक्ने रोग लागेमा आफुखुशी औषधि प्रयोग नगर्न सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशैभरि आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुमा भारतीय सीमावर्ती क्षेत्रबाट तराईमा भित्रिएको यो रोगले यतिबेला पूरै देशलाई गाँजेको छ । कसैलाई आँखा बिझाउने, रातो हुने, आँशु आउने र पोल्ने जस्ता लक्षण देखिएको छ भने त्यो आँखा पाक्ने संकेत हो ।

काठमाडौं उपत्यका, तराईका सबैजसो जिल्ला र पहाडका कयौं जिल्ला अस्पतालमा यतिबेला आँखा पाकेका विरामीहरूको चाप बढेको छ । चिकित्सकहरूले आँखामा समस्या देखिए वा पाकेमा आफुखुशी औषधि प्रयोग नगर्न सुझाव दिएका छन् ।

आँखा पाक्ने रोगको प्रकोपको रुप लिएपछि जनकपुर उपमहानगरपालिकाले साउन २१ देखि २६ सम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ । अन्य कतिपय स्थानीय निकायले र विद्यालयहरूले पनि निश्चित दिनका लागि पठनपाठन बन्द गराएका छन् ।

खासगरी विद्यालय तहका बालबालिकामा आँखा पाक्ने रोग छिटो सर्ने हुँदा अभिभावक र सम्बन्धित विद्यालय परिवार सचेत हुनुपर्ने बिज्ञहरू बताउँछन् । एकजनाको कारणले सम्पूर्ण कक्षामै र पूरै विद्यालयमै आँखा पाक्ने जोखिम हुने गर्छ । आँखा पाक्ने रोगीको चाप बढेकैले तिलगंगा आँखा अस्पतालले छुट्टै ‘रेड आई क्लिनिक’ संचालन गरेको छ ।

लक्षण देखिने बित्तिकै आत्तिई हाल्नुपर्ने रोग भने यो होइन ।  सावधानी अपनायो भने सामान्यतया रुघाखोकी जस्तै बढीमा दुईसातामा आँखा पाक्ने रोग निको हुने गर्छ ।  धेरैजसो बर्षाको मौसममा नै आँखा पाक्ने रोग महामारीको रूपमा आउने गर्छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग फैलने भए पनि अहिले भने अधिकांशमा भाइरसका कारण आँखा ‘इन्फेक्सन’ देखिएको चिकित्सकहरूले बताएका छन् ।

आँखा पाक्ने रोग छिटोछिटो फैलिने रोग हो तर मुलतः आँखा पाक्ने व्यक्तिको आँशुबाट मात्रै यो सर्ने गर्दछ । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । आँशुको सम्पर्क हुन नदिन आँखामा हात नलाने, आँखा नमिच्ने, कालो चस्मा लगाएर हिंड्ने, हात धोइरहने र हात धोइसकेपछि धारा वा पानीको भाँडा साबुनले पखाल्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।

बरफले आँखा सेक्ने र सफा पानीले आँखा धोइरहने गर्न सकिए राम्रो हुन्छ । आफूखुशी औषधि नगर्न चिकित्सकको सुझाव छ । तर, आवश्यक औषधिका लागि चिकित्सकको परामर्श चाहिं लिनैपर्छ । आँखासहित टाउको समेत दुख्ने र कसैमा सामान्य ज्वरोको लक्षण देखिने भए पनि सामान्यतया नियमित खानपान बार्नु नपर्ने सुझाव चिकित्सकहरूको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

१ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक