सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शीर्ष नेताहरुको बैठक सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शीर्ष नेताहरुको बैठक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

संघीय संसद्‌मा जारी अवरोध खुलाएर सदन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा नेकपा एमालेका सचेतक समेत सहभागी छन्।

तस्करीको १ क्विन्टल सुन बरामद भएपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०का बैठकमा अवरोध पुर्‍याउँदै आएको छ। एमालेको अवरोधका कारण सोमबार बसेको राष्ट्रिय सभा बैठक स्थगित भएको थियो।

प्रतिनिधि सभाको बैठक भने साउन १० गतेयता बस्न नै सकेको छैन। प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा एमालेले समिति गठनको माग गर्दै अवरोध गरेको थियो। एमालेको अवरोधपछि साउन १५ गतेसम्मलाई स्थगित भएको बैठक त्यसपछि भने बस्दै नबसी स्थगित हुँदै आएको छ।

सोमबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक बस्दै नबसी सूचना टाँस गरेर आज ९मंगलबार० सम्मलाई स्थगित गरिएको थियो। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी समय निर्धारण भएको छ।

प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सोमबार सभामुख घिमिरेसहित प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सिंहदरबार र संघीय संसद्‌ भवन बानेश्वरमा बसेको थियो। तर बैठकमा सदन सञ्चालनबारे कुनै सहमति जुट्न सकेन।

सुन तस्करी प्रकरणको अनुसन्धानमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले भने अपराध अनुसन्धानका लागि स्थापित नियकाबाटै अनुसन्धान हुने बताउँदै आएको छ। यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको दाबी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको झन्डै १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो। मोटरसाइल र स्कुटरको ब्रेक सुमा मोरेर ल्याइएको सुन ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले बरामद गरेको थियो।

तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले नै सुरुवाती अनुसन्धान गरेकोमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान थालेको छ। सीआईबीले अन्तरदेशीय तथा संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको छ। राजस्व अनुसन्धान विभागले सीआईबीले अनुसन्धानको फाइल पनि हस्तान्तरण गरिसकेको छ।

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

६ घण्टा अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक