एजेन्सी । इरानको भीषण गर्मीका कारण दुई र तीन अगस्ट अर्थात् दुई दिनको लागि छुट्टीको घोषणा गरेको छ । सरकारले पहिलेदेखि नै बिरामी वृद्धवृद्धाहरूलाई घरमै बस्न सल्लाह दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिणी इरानका धेरै सहरहरू अत्यधिक गर्मीको चपेटामा छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यस हप्ता अहभाज सहरको तापक्रम ५० डिग्री सेल्सियस नाघेको छ । सरकारका प्रवक्ता अलीबहादुर जहरोमीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बुधवार र बिहीबार सार्वजनिक बिदा हुने जानकारी दिएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा राख्न भनेको छ ।
तेहरानमा बुधवार तापक्रम ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । हालैका दिनमा, गर्मीको लहरले विश्वको ठुलो भागलाई प्रभावित गरेको छ । वैज्ञानिकहरूको नजरमा मानवले गरेको जलवायु परिवर्तन यसको लागि जिम्मेवार छ ।