सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट / रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै अगाडि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयहरूले वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ ।

गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा अन्सारी र केही स्थानीयबीच सामान्य विवाद भएको थियो । त्यही विषयलाई लिएर रिसईबी साँध्न उनलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी स्थानीयहरूले कुटपिट गरेका हुन् ।

स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए ।

‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु ।’

कुटपिट गरिरहँदा घटनास्थलमा वडाअध्यक्ष अब्दुल ताहिर त्यहीँ भएको तर उनले कुटपिट गर्ने समूहलाई नरोकेको पीडितका दाजु इलियासले बताएका छन् ।

‘वडाअध्यक्षकै अगाडि मेरो भाइलाई पोलमा बाँधेर कुटपिट गर्दा उनी मौन बसिरहे । एक शब्द पनि बोलेनन् । उनले चाहेको भए छुटाउन सक्थे । उनले कारबाही गर्न पनि मिल्थ्यो,’ इलियासले कान्तिपुरसित भने ।

वडाअध्यक्ष ताहरिले भने आफूलाई उक्त घटनाबारे विस्तृत जानकारी नभएको बरु बाँधेको डोरी आफैंले फुकाइदिएको जिकिर गरेका छन् । ‘म बजारबाट आउँदै थिएँ । मलाइ झगडाको विषयमा केही थाहा छैन । मेरो रोहबरमा भएको भनेर बदनाम गराइँदै छ,’ वडाध्यक्ष ताहिरले भने ।

वडाध्यक्षले यस्तो दाबी गरिरहँदा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भने उनी प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन भएर हेरिरहेको दृश्य देखिन्छ । प्रिन्सलाई कुटिरहँदा केही प्रतिक्रिया नदिइकन केही बेरपछि उनी घटनास्थलबाट अन्यत्र गएको दृश्य भिडियोमा देखिएको छ । घटनापछि वडाध्यक्ष ताहिर स्वयं पक्राउ परेका व्यक्तिलाई छुटाउन निरन्तर प्रहरी कार्यालयमा पुगेको पीडितले बताएका छन् ।

इलियासले घटनामा संलग्नविरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम डीएसपी उमाशंकर प्रसाद यादवले पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

‘हामीले पीडितको घाउ जाँचको प्रक्रिया अघि बढाइसकेका छौं । अब लिखित जाहेरी आएपछि कारबाहीको थप प्रक्रिया अगाडि बढाउँछौं । घटनामा संलग्न अन्यको खोजी गरिरहेका छौं,’ डिएसपी यादवले भने ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

६ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक