बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

दावाको पक्राउले जन्माएको प्रश्न: सुन तस्करीमा माओवादीको संरक्षण?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
दावाको पक्राउले जन्माएको प्रश्न: सुन तस्करीमा माओवादीको संरक्षण?

काठमाडौँ – अवैध रुपमा विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागले काठमाडौँको ठमेलस्थित होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गरेसँगै सुन प्रकरणमा माओवादी पार्टीका उच्च पदस्थ व्यक्तिहरुसँगको कनेक्सन हुनसक्ने आधार देखिन थालेका छन्।

छिरिङ र उनकी श्रीमतीले पटक–पटक माओवादीका नेताहरुसँग भेट्ने गरेको खुलेको छ। पक्राउ परेका छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर यतबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रहरी अनुसन्धान रिपोर्टले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको बाक्लो हिमचिम सुन कारोबारी चिनियाँ नागरिकसँग रहेको तथ्य सार्वजनिक भइरहेका बेला नेता पुन पनि यो घटनामा जोडिन पुगेका छन्।

महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गर्न माओवादी नेतृत्वको सरकार, अझ गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि चर्को दबाब छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार छिरिङको कनेक्सन माओवादी नेताहरुसँग भएकै कारण यसअघि पनि अनुसन्धानको फाइल खुल्न सकेको थिएन।

सुन प्रकरणमा पक्राउ परेका छिरिङसँगको फोटो सार्वजनिक भएसँगै पार्टीभित्र भने खैलाबैला मच्चिएको छ। दावा सुन प्रकरणमा पक्राउ पर्ने १८ औँ व्यक्ति हुन्। स्रोतका अनुसार दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘एजेन्ट’ हुन्।

उनलाई पक्राउ गरेसँगै सुन प्रकरणमा संलग्न माथिल्लो तहका अन्य व्यक्तिहरुसम्म पुग्न सहज हुने अनुमान अनुसन्धान अधिकारीहरुले गरेका छन्। छिरिङ जुन होटलबाट पक्राउ परे, उक्त होटल उनकै श्रीमती संचालन गर्दै आएकी थिइन्।

यो त्यही होटल हो, जुन होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी एक वर्षअघि नै खुलेको थियो। २०७९ साउन ११ गते प्रहरीले यस होटलमा छापा मारी केही चिनियाँ नागरिकहरुलाई पक्राउ गर्नुको साथै केही सामानसमेत बरामद गरेको थियो।

सुन तस्करी प्रकरणमा पक्राउ परेका छिरिङसहितको टोलीले बारम्बार पुन र घर्तीलगायतका माओवादी पार्टीका नेता कार्यकताहरुलाई भेट्ने गरेको पाइएको छ। घर्तीसँग भने यो टोलीको उनी सभामुख भएको बेला कार्यकक्षमै पुगेरसमेत भेटवार्ता हुने गरेको खुलेको एक अनुसन्धान अधिकारी बताउँछन्। अनुसन्धान अधिकारीका अनुसार पटक–पटक सुन तस्करीका गिरोहहरुले माओवादीका उच्च पदका व्यक्तिहरुसँग भेट गर्ने गरेको खुलेपछि यसअघि पनि चिनियाँ नागरिकले गर्ने आपराधिक क्रियाकलापको फाइल नखुलेको हो।

छिरिङ पक्राउ परेको होटल भियना मञ्जिल श्रेष्ठ र अमला रोकाले सञ्चालन गर्नको लागि सम्झौता गरेको यसअघि नै खुलिसकेको छ। अमला भने माओवादी शहीद परिवारी व्यक्तिसमेत हुन्। साथै पुन र घर्तीसँग पारिवारिक सम्बन्धसमेत रहेको खुलेको छ। जसका कारण पनि दावाले गर्ने गरेको आपराधिक कार्यहरुको फाइल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदासमेत खुल्न नसकेको पाइएको छ।

सामाजिक सञ्जालमा फोटो भाइल भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले भने रोका शहीद परिवारकी रहेको र पारिवारिक सम्बन्ध रहेकोले मात्रै भेट हुने गरेको बताएको प्रचण्डनिकट स्रोतले बताएको छ।

दावा संलग्न गिरोहले अवैध धन्दा गरिरहेको तथ्य २०७६ सालमा नै खुलेको थियो। प्रहरीले काठमाडौँबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। चीनको आग्रहमा गरिएको अपरेशनबाट एक हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ पर्ने अपेक्षा थियो। तर पछि राजनीतिकलगायत विभिन्न कारणले अनुसन्धानको प्रक्रिया अघि बढ्न सकेको थिएन।

त्यति मात्रै होइन, हाल सुन तस्करीका लागि प्रयोग भएको ब्रेक शु जुन कम्पनीबाट ल्याइएको हो, उक्त कम्पनीसमेत दावाकै रहेको खुलेको छ। मञ्जिल, अमला र दावाले होटल, रेस्टुरेन्ट र अन्य विभिन्न किसिमका कम्पनीहरु दर्ता गरी चलाउन चिनियाँसँग मिलेर काम गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो। सोहीमध्येको एक हो रेडी ट्रेड पनि।

हाल यो कम्पनी दोलखाका दिलीप भुजेलको नाममा दर्ता छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भुजेल मोटरसाइकलको पार्टपुर्जा आयात गर्ने कम्पनी चलाउने हैसियतका नरहेको खुलेको छ।

यससँगै सुन प्रकरणमा नाम जोडिएका एक व्यापारिक व्यक्तिसमेत छिट्टै समातिने तयारीमा रहेको विशेष स्रोतले जनाएको छ।‡

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न १२ जना पक्राउ

२४ घण्टा अगाडि
प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण

आलुको बोरा लुटिएपछि खुल्यो ११ किलो सुन तस्करी

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

प्रमलाई राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्छ : माकुने

५२ मिनेट अगाडि
योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरू

योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरू

१ घण्टा अगाडि
भूकम्पमा घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

भूकम्पमा घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

२ घण्टा अगाडि
बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

२ घण्टा अगाडि
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

२ घण्टा अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • पश्चिम नेपालमा ५.३ म्याग्निच्यूट भूकम्पको धक्का महसुस

    0 shares
    Share 0 Tweet 0
  • पर्सिदेखि मौसम खुल्दै जाने

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist