काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।
अध्यक्षको प्रतिस्पर्धीद्वय सन्तोष कार्की र राकेशकुमार महतोले उम्मेदवारी फिर्ता लिएपछि थापा पुनः अध्यक्षमा दोहोरिएका हुन् । मलेसियाको राजधानी क्वलालम्पुरमा आइतबार सम्पन्न एनआरएनएको आठौं महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसमा प्रथम उपाध्यक्ष राकेशकुमार महत्तो, उपाध्यक्षहरू क्रमशः इन्द्रनारायण लिम्बू, हेमराज सापकोटा, रजितकुमार क्षेत्री, दिलकुमार केरुङ, अरुण गिरी, लिला मगर र नारायण अधिकारी रहेका छन् ।
महासचिव टेकबहादुर अधिकारी, सचिवद्वय क्रमशः श्यामबहादुर श्रेष्ठ र विष्णुप्रसाद वराल, कोषाध्यक्ष वालध्वज लिम्बू, सहकोषाध्यक्ष बिमलकुमार राना, युवा संयोजक राजु तामाङ, महिला संयोजक इन्दु वस्नेत रहेका छन् । सदस्यहरू क्रमशः विष्णु चौधरी, राजुकुमार श्रेष्ठ, भेषराज ज्ञवाली, खेमराज खत्री, विजय मण्डल र उमेश कोहिरी महत्तो रहेका छन् । मलेसियाबाट गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)मा प्रतिनिधित्व गर्नेहरूमा शेरबहादुर गुरुङ, मीरा पुरी गिरी, सन्तोषप्रकाश रिजाल र सन्तोष कार्की रहेका छन् ।