काठमाडाैँ – बझाङमा सार्वजनिक जग्गामा घर बनाएको भन्दै स्थानीयले निर्माणाधीन घर भत्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशी छन्। मंसिरदेखि वित्थडचिर गाउँपालिका–७ का करण ओखेडाको निर्माणाधीन घर शुक्रबार स्थानीयले भत्काएका थिए।
स्थानीयले सार्वजनिक स्थलमा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेकाले घर भत्काउनुका साथै त्यहाँ लगाएको खेतीपाती पनि फँडानी गरेका छन्। जिल्ला प्रहरी कार्यालयले उक्त निर्माणाधीन घर भत्काएको आरोपमा तीन जनालाई पक्राउ गरेकाे जनाएकाे छ।
आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको भन्दै उनीहरुविरुद्ध ओखेडाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। स्थानीयले गैरकानुनी रूपमा घर भत्काएको उनको आरोप छ।