बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल १३३ औं बार्षिकोत्सव मनाउदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल १३३ औं बार्षिकोत्सव मनाउदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । विक्रम सम्वत १९४७ सालमा संघीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं बार्षिकोत्सव मनाएको छ ।

सात शैयाबाट सुरु भएको यो अस्पताल हाल १५० शैयामा सञ्चालित छ । अस्पताललाई ५०० शैयाको रुपमा स्तरोन्नति गर्ने प्रयास र योजना अघि सारिएको छ । नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेका कारण ३५० शैयामा छिट्टै स्तरोन्नति हुने अस्पताल प्रतिनिधिको भनाइ छ ।

शुक्रबार आयोजित १३३ औं बार्षिकोत्सवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले अस्पतालमा सुधारको धेरै प्रयास गरिएको भन्दै यसलाई भौतिक र जनशक्तिको माध्यमबाट थप सशक्त बनाउन आवश्यक भएको बताउनुभयो ।

थप २०० शैयामा विस्तारका लागि निर्माण गरिएको ओपीडी भवन निर्माणको अन्तिम चरणमा छ । निर्माण कम्पनीले ढिलाई गरे पनि इमरजेन्सी कक्ष नयाँ भवनबाट सुरु भइसकेको छ ।

बार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भन्नुभयो, ‘अहिले पनि २०१६ सालमा बनेको जीर्ण भवन छ, सो भवन प्रयोग गर्न छोडेका छौं, नयाँ भवन बने पनि थप भौतिक पूर्वाधारको आवश्यकता छ ।’

डा. चापागाईले एक अर्ब आठ करोड लागतमा अस्पतालको नयाँ भवनसहित दुई अर्ब ४३ करोड लागत स्टिमेटसहित भौतिक पूर्वाधार निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पतालले पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा महत्वपूर्ण योगदान गरिरहेको  जनाउनुभयो । भेरी अस्पताल सङ्घ मातहत रहे पनि प्रदेशले विभिन्न समयमा सहयोग गर्दैआएको मन्त्री खनालले जानकारी दिनुभयो ।

मन्त्री खनालले जिल्लामा राम्रो उपचार सेवा लग्न सके भेरी अस्पतालमा चाप कम हुने जनाउनुभयो । मन्त्री खनालले भन्नुभयो, ‘सबै जिल्ला अस्पतालमा कमसेकम भए पनि विशेषज्ञ सेवा दिनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ, यसका लागि ती जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुविधाको सुरुवात गरेका छौं ।’ उहाँले मातृमृत्युदर र कुपोषण बढी भएका कारण त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक