सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / अस्ट्रेलियाको दक्षिण तटीय क्षेत्रमा ५१ वटा ह्वेल एकै पटक मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहानैदेखि ९० वटाको समूहमा अल्बनी सहर निजकैको ‘चेनिज बिच’मा ती ह्वेलहरू देखा परेका थिए ।

मंगलबार मध्याह्न ती ह्वेल समुद्री तटमा आइपुगेको अस्ट्रेलियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पर्थका निकुञ्ज विभागका भेटनेरी चिकित्सकहरूले अहिले ती ह्वेल उद्धार गरिरहेका छन् । उद्धारमा समुद्री विज्ञ तथा स्यवंसेवकहरू पनि रातिदेखि नै खटिएका छन् ।

निकुञ्ज तथा वन्यजन्तु निकायले बुधबार बिहान ५१ वटा ह्वेल मृत अवस्था फेला पारिएको पुष्टी गरेको छ । ४६ वटा ह्वेल भने तटीय क्षेत्रमा तैरिएर बालुवामा पुगेका छन् । तीनलाई पुनः समुद्रमा पठाउनका लागि प्रयास भइरहेको छ ।

अस्ट्रेलियाको स्काई न्युजलाई बताउँदै मेरिन बायोलोजिस्ट भेनेसा पिरोटाले ती पाइलट ह्वेलहरू तटीय क्षेत्रमा कसरी आइपुगे भन्ने यकिन गर्न नसकिएको बताएकी छन् । ‘यी ह्वेलहरू कहाँबाट यो तटीय क्षेत्रमा आइपुगे भन्नेबारे हामी अनविज्ञ छौं । यसरी ह्वेलहरू तटीय क्षेत्रमा आइपुग्नु खोजको विषय हो, ‘ उनले भनेकी छन् । उनले यस्तो अवस्था अहिलेसम्म आफूले कहिल्यै नदेखेको बताइन् । पाइलट ह्वेललाई समूहमा बस्ने सामाजिक प्राणीको रुपमा लिने गरिन्छन् ।

यसअघि अस्ट्रेलियाको पश्चिमी समुद्र तटमा १५० भन्दा बढी ह्वेलहरूलाई फसेको अवस्थाबाट उद्धार गर्ने क्रममा केही ह्वेल मरेका थिए । त्यस्तै सन २००९ मा ८० भन्दा बढी ह्वेल र डल्फिन हेमेलिन खाडीको समुद्र तटमा मरेका थिए ।

पछिल्लो समय समुद्री तटमा ह्वेल लगायत जलप्राणीहरू ठूलो संख्यामा एकैपटक मृत भेटिँदा जलवायु परिवर्तनको असरबारे विज्ञ र अभियन्ताहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

७ घण्टा अगाडि
अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक