काठमाडौं / एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मार्दा ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ ।
विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।
सो क्रममा गोदामबाट करिब ६० कार्टुन सामान बरामद गरेको विशेष स्रोतले जानकारी दिएको छ। यद्यपि उक्त सामान सुन नै हो वा होइन भन्ने खुलेको छैन।