सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्म १ सय २७ दरबन्दी थपियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्म १ सय २७ दरबन्दी थपियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय २७ नयाँ दरबन्दी सिर्जना गरेको छ । जवानदेखि नायव निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १ सय २७ दरबन्दी थपिएको हो ।

यस्तै ५८ जना वरिष्ठ सईको समेत नयाँ दरबन्दी थप गरिएको छ । साउन ३ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको हो । त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी सिर्जना भएको हो । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा केही दरबन्दी थपिएको बताए ।

‘माथिल्लो तहमा सीमित पद हुँदा लामो समयदेखि अधिकृतहरु एउटै पदमा अस्वभाविक रुपमा लामो समयसम्म बस्नुपर्ने बाध्यता थियो । यसले जनशक्तिको मनोबल उकास्न समस्या पर्नेदेखि संगठनले पाएको जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नमा पनि असर पुगेको थियो,’ प्रवक्ता खड्काले कान्तिपुरसँग भने, ‘कतिसम्म भने निरीक्षकमा सेवा प्रवेश गरेका अधिकृत १६/१७ वर्षसम्म सुरु भर्ना तहमै बस्नुपर्ने बाध्यता थियो । पछिल्लो पटक थपिएका पदले त्यो समस्याको अन्त्य भएको छ । अब बढुवामा देखिएको गाँठो फुक्छ ।’ एसएसपी खड्काका अनुसार नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायव महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेको भन्दै उक्त संख्या थप्न महानिरीक्षक अर्यालले गृहमा प्रस्ताव गरेका थिए ।

त्यसपछि गृहले सशस्त्रको प्रस्ताव रायका लागि अर्थमा पठाएकोमा तत्काल प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै बढुवामा देखिएको गाठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्नेगरी केही अधिकृत स्तरका १ सय २७ र वरिष्ठ सईको ५८ पद संख्या बढाउन सैद्दान्तिक सहमति दिएको थियो । अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा ती पद संख्या बढाउन प्रस्ताव पेस गरेका थिए । योसँगै डेड दशकसम्म एउटै पदमा बसेका निरीक्षकलाई डीएसपीसहितमा बढुवा गर्न बाटो खुलेको छ ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

१९ घण्टा अगाडि
प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक