सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई नेपालीको शव सात महिनापछि उत्खनन गरी जोर्डनबाट नेपाल फिर्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कुटीकुटी वृद्धको हत्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।

राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोज/कात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।

‘सम्बद्ध परिवार र कूटनीतिक नियोगलाई समेत जानकारी नदिइ शव गाडिएको सूचना पाएपछि यहाँबाट जोर्डनको परराष्ट्र मन्त्रालयमार्फत आपत्ती जनाउँदै पत्राचार भएको थियो,’ कायरोस्थित नेपाली राजदूत सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत जेठ १९ मा अम्मान पुगेका बेला जोर्डनका नरेश अब्दुल्लाहलाई पनि यो घटनाबारे अवगत गराउँदै शव फिर्ता र अन्तिम संस्कारमा सहयोग पुर्‍याउन अनुरोध गरेको थिएँ । यही प्रक्रियामा गत शनिबार शव उत्खनन गर्दै प्राप्त अवशेष सोमबार काठमाडौं पठाइएको हो ।’

दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग—अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन । दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ (२४ सेप्टेम्बर २०२२) र कात्तिक २१(७ नवेम्भर, २०२२)मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

‘बहिनी सुस्मिता जोर्डन गएको १६ महिना मात्रै भएको थियो, गत वर्ष मंसिरमा बहिनीको मृत्यु भएको थाहा पाएका थियौं,’ सुस्मिताका दाजु बन्जलाल तामाङले भने, ‘आज बहिनीको शवको अवशेष मात्रै बुझेका छौं, उताबाट पाइने क्षतीपूर्तिबारे कुनै जानकारी छैन ।’ उनका अनुसार, बहिनीलाई जोर्डन पठाउने युरोक्रस म्यानपावरले पनि अन्तिम संस्कारको खर्चका लागि १ लाख रुपैयाँ दिएको छ ।

तर, लीलामाया लिम्बूका आफन्तका अनुसार भने उनीहरुले कतैबाट केही सहयोग पाएका छैनन् । उनी भने माउन्टेन ग्रुप म्यानपावरबाट जोर्डन गएकी थिइन् । दुई छोरा र एक नाबालक छोरीलाई छाडेर लीलामाया ५ वर्षअघि जोर्डन रोजगारीमा पुगेकी थिइन् । जोर्डनमा झन्डै ३५ सय नेपाली कामदार रहेकोमा दुई हजार जति घरेलु कामदार रहेको दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

१९ घण्टा अगाडि
प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक