आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वोच्चको व्याख्या- लाइसेन्स नभए पनि सावधानीपूर्वक मोटरसाइकल चलाउनु ठूलो अपराध होइन

फैसलामा सवारीचालक अनुमतिपत्र नभए पनि व्यक्तिगत दुईपांग्रे सवारीसाधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या भएको छ।

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौं । सर्वोच्च अदालतले दुईपांग्रे निजी सवारीसाधन (मोटरसाइकल/स्कुटर) लाइसेन्स नभए पनि सावधानीपूर्वक चलाउनु ठूलो अपराध नहुने व्याख्या गरेको छ। एउटा पुरानो मुद्दाको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा गरेको फैसला हालै सार्वजनिक भएको हो। यो फैसलामा सवारीचालक अनुमतिपत्र नभए पनि व्यक्तिगत दुईपांग्रे सवारीसाधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या भएको छ।

यो मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको थियो। सर्वोच्चको बृहत् पूर्ण इजलासले जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै प्रतिवादीको सजाय घटाइदिएको छ। चालकले सावधानीपूर्वक मोटरसाइकल चलाएको अवस्थामा दुर्घटना भई पैदल यात्रुको मृत्यु भएको तर्कसहित सजाय घटाइएको हो।

‘दुईपांग्रे सवारीसाधन मोटरसाइकल चलाउनैपर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकका कारण नभई अन्य कारणले दुर्घटना भई मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवेकको प्रयोग गरी सजाय गरिनुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ। लाइसेन्स नभएको तथ्यलाई स्वत: लापरवाहीपूर्वक सवारी चलाएको भन्न नमिल्ने फैसलामा उल्लेख छ। प्रतिवादीले आफ्नै साइडबाट मोटरसाइकल चलाएको, सवारी चलाउँदाको अवस्थामा कुनै किसिमको लागू औषध वा मादक पदार्थ सेवन नगरेको, मोटरसाइकलको यान्त्रिक अवस्थामा कुनै गडबडी नरहेको र गति पनि सीमित रहेको अवस्थामा लापरवाही गरेको भन्न नमिल्ने सर्वोच्चको ठहर छ।

घटना के थियो?
घटना २०६९ पुस ११ गतेको हो। नुवाकोटको विदुर नगरपालिका-४ बट्टार बजारमा एउटा मोटरसाइकल ढलेको अवस्थामा भेटियो। सँगै रगत लतपतिएको अवस्थामा एक व्यक्ति थिए। उनलाई तत्काल अस्पताल पुर्‍याइयो र उपचारका क्रममा उनको मृत्यु हुन पुग्यो। मृतक थिए स्थानीय रामप्रसाद कुमाल। उनलाई दीपक तामाङले चलाइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो। मृतकका भाइ रामप्रसाद कुमालले दीपकविरुद्ध ज्यान मार्ने कसुरमा किटानी जाहेरी दिए। साथै किरिया खर्च र क्षतिपूर्ति पनि माग गरे।

कुमालको शव पोष्टमार्टम गर्दा मृत्युको कारण ‘दिमागबाट अत्यधिक रगत बग्नु’ उल्लेख थियो। दीपकसँग लाइसेन्स नभएकोले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) र १६१ (४) बमोजिम सजाय मागदाबी गर्दै प्रहरीले अभियोगपत्र तयार पार्‍यो। त्यतिबेलासम्म दीपक पनि घाइते भएर अस्पतालमा उपचाररत थिए। ठीक भएपछि अदालतमा बयानका क्रममा उनले ‘मोटरसाइकल चलाउने क्रममा ३० मिटर जति अगाडि मानिस देखेर हर्न बजाएको, १५ मिटर अगाडि पुगेपछि फेरि हर्न बजाएको र दायाँतर्फ मोडिन लाग्दा ढुंगामा मोटरसाइकल ठक्कर खाएको’ बताएका छन्। त्यही क्रममा ती व्यक्ति पनि फर्की दायाँतर्फ नै आएको र आफ्नो मोटरसाइकलको लेग गार्डले लागेको उनले बयानमा भनेका छन्। मोटरसाइकल लडेपछि आफू बेहोस भएको र दुई दिनपछि अस्पतालमा होस आउँदा ठक्कर लागेका व्यक्तिको मृत्यु भएको थाहा पाएको दीपकको साविती बयान छ। आफूसँग त्यतिबेला लाइसेन्स नभएको र दुर्घटना लापरवाहीका कारण नभई अचानक भएको उनले दाबी गरेका छन्। थुनछेक बहसपछि जिल्ला अदालत नुवाकोटले उनलाई १५ हजार धरौटीमा छाड्ने आदेश दियो।

२०७० माघ १५ अर्थात् घटनाको एक वर्षपछि जिल्ला अदालतले दीपकलाई ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। दुर्घटना जेब्रा क्रसिङ भएको र चालकसँग लाइसेन्स पनि नभएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र हाल्यो। ‘प्रतिवादीले चलाएको मोटरसाइकलबाट मृतकको ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा अभियोग दाबी पुग्दैन’ भन्दै पुनरावेदनले जिल्लाकै फैसला सदर गरिदियो।

त्यसपछि वादी अर्थात् सरकारी वकिलको कार्यालय सर्वोच्च पुग्यो। तर्क थियो- प्रतिवादीसँग लाइसेन्स नभएको, लाइसेन्स नभएकोले स्वत: लापरवाही गरेको मानिने र मोटरसाइकल चलाउँदा सावधानी नअपनाएको। सरकारी वकिलले बहसका क्रममा यही जिकिर गरे भने प्रतिवादीका वकिलले निजी सवारीसाधन चलाउन लाइसेन्स लिनुपर्ने भए पनि आवश्यकता र औचित्यका आधारमा सवारी चलाएको अवस्थामा दुर्घटना भएमा अनुमतिपत्र नभएकै आधारमा लापरवाहीपूर्वक चलाएको भन्न नमिल्ने तर्क गरे। त्यसपछि इजलासले यो मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने निर्णय गर्‍यो।

बृहत् पूर्ण इजलासले सवारी ज्यान मुद्दासम्बन्धी मुद्दामा प्रतिपादन भएका नजिर सिद्धान्तहरुको चर्चा गर्दै व्यक्तिगत र सार्वजनिक सवारी चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने फैसलामा उल्लेख गरेको छ। ‘लाइसेन्स नलिई सवारी चलाई चलाएर दुर्घटना भई कसैको ज्यान मरेमा स्वत: लापरवाही हुने हो वा दुर्घटनाको रुप, तथ्य वा परिस्थिति आदिबाट पनि हेरिनुपर्ने हो भन्ने प्रश्न पनि रहेको छ,’ फैसलामा भनिएको छ, ‘प्रतिवादी दीपक  तामाङले आफूले चलाउने गरेको निजी  मोटरसाइकल चलाएको अवस्थामा बाटोमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको र चालकसमेत घाइते भएर दुई दिनपछि होस आएको भन्ने देखिएकाले विशेष गरेर बिना अनुमतिपत्र मोटरसाइकल जस्ता दुईपांग्रे सवारीसाधन चलाई दुर्घटना भई मानिसको मृत्यु भएको हकमा विचार गर्नुपर्ने देखिएको छ।’

उक्त मुद्दामा सर्वोच्चले प्रतिवादीले आफ्नै फर्निचर कारखानामा काम गर्ने व्यक्तिलाई मोटरसाइकलमा पुर्‍याउन जाने प्रयोजनका लागि मोटरसाइकल चलाएको, चालक आफैं घाइते भई दुई दिनपछि होसमा आएको, चालकले ट्राफिक नियम उल्लंघन नगरेको, यात्रुलाई बचाउन हर्न बजाएको, मोटरसाइकल अर्कोतिरबाट लैजाने प्रयास गरेको, मादक पदार्थ वा लागु पदार्थ सेवन नगरेको, करिब २५-३० किलोमिटर प्रतिघण्टामा मोटरसाइकल चलाएको आदि अवस्थामा सावधानी अपनाउँदा-अपनाउँदै पनि दुर्घटना भई ज्यान गएकाले जिल्ला र पुनरावेदनले गरेको सजायको फैसला घटाउँदै ६ महिना कैद सजायमात्र हुने फैसला गरेको छ। अभियुक्त सजाय भुक्तान गरी जेलबाट छुटिसकेका छन्।

हेर्नुस् फैसलाको पूर्णपाठ

नेपाल समय

यो पनि पढ्नुहोस्

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

मुस्लिम सम्प्रदायको ‘तीन तलाक’ लाई कानुनी मान्यता नदिने

४ दिन अगाडि
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बियाे

सन्दीप लामिछाने विरूद्धको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

७ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

२९ मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

३८ मिनेट अगाडि
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

५२ मिनेट अगाडि
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

१ घण्टा अगाडि
आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

१ घण्टा अगाडि
प्रम दाहालको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist