सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेल्वे स्टेशनमा सीसीटीभी क्यामेरा नभएपछि लुटेराको पहिचान गर्न कठिन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रेल्वे स्टेशनमा सीसीटीभी क्यामेरा नभएपछि लुटेराको पहिचान गर्न कठिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे सुरक्षित नभएको पाइएको छ । आइतबार दिउँसो रेल्वेमा एक जना महिलाको २ लाख ७० हजार रुपैयाँ लुटिएको घटनामा अहिलेसम्म प्रहरीले लुटेराको पहिचान गर्न सकेको छैन ।

सुरक्षाका लागि दर्जनौँ सुरक्षाकर्मी खटाइए पनि धनुषाको जनकनन्दनी गाउँपालिका–३, कठालकी सुनिता कुमारी यादवको साथबाट रकम लुटिएको हो । रेल्वे स्टेशनमा सीसीटीभी क्यामेरासमेत नरहेका कारण लुटेराको पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।

जनकपुरधामस्थित एनआईसी एसिया बैंकबाट पैसा निकालेर घर जाने क्रममा सुनिताको साथबाट रकम लुटिएको थियो । आइतबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा रेलमा चढ्ने बित्तिकै उनको ह्याण्ड ब्याग कसैले लुटेको थियो जसमा २ लाख ७० हजार रुपैयाँ थियो ।

गाउँमा जग्गा किनेबापत जग्गा धनीलाई पैसा दिन पतिले विदेशबाट पठाएको पैसा झिकेर घर आउने क्रममा उनको पैसा लुटिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले पाकेटमारले पैसा लुटेको सूचना आएको बताएका छन् । उनले घटनालगत्तै टोली परिचालन गरेको बताए । तर, रेल्वे स्टेशनमा सीसीटीभी क्यामरा नभएका कारण लुटेरालाई खोज्न कठिन भइरहेको उनको भनाइ छ ।

भिडभाड रहने धार्मिक पर्यटकीय नगरी जनकपुरधाम रेल्वे स्टेशनको सुरक्षामा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धन निरञ्जन झा गम्भीर नदेखिएको भन्दै आलोचना हुन थालेको छ । भिडभाड रहने स्थानमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्न सीसीटीभी क्यामेरा राख्नुपर्नेमा रेल्वे कम्पनीले त्यसतर्फ ध्यान नदिएका कारण यस प्रकारका लुटपाटका घटना हुने गरेको सरोकारवाला बताउँछन् । यसअघि रेल्वेबाट दैनिक भन्सार छली गरी अवैध रुपमा गुट्खा, कपडा लगायतका सरसामान आउने गरेको थियो । रातोपाटीले तस्करीको विषयमा भिडियोसहित समाचार प्रकाशन गरेपछि केही दिन तस्करीका गतिविधि बन्द भए पनि अचेल फेरि त्यस्ता गतिविधिले प्रश्रय पाउन थालेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

५ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक