सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वीरगञ्जमा खानेपानीको हाहाकार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वीरगञ्जमा खानेपानीको हाहाकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सक्नुभयो ।

खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किनुभएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सक्नुभयो ।

‘‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ”, साह भन्नुहुन्छ, ‘‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडक छेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घण्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टर्‍यो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौँ ।”

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्घर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ, तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौँ ।”

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआज गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज–६ का राजेश गुप्ता पानी अभावमा न नुहाएको चार दिन भइसक्यो । “घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ”, मिनाबजारमा पसल सञ्चालन गर्दै आउनुभएका गुप्ता भन्नुहुन्छ, “घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौँ ।”

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उहाँको दुखेसो छ । परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज–१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ । “खाना पकाउन पानी चाहिन्छ, तर ट्युबवलेमा पानी आउँदैन”, सुमित्रादेवीले भन्नुभयो, “यस्तो अवस्थामा खाना कसरी बनाउने र भाँडाकुँडा कसरी धुन्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।”

गर्मी मौसमका समयमा खानेपानीको समस्या बर्सेनि हुने गरे पनि अहिलेको जस्तो खानेपानीको हाहाकार कहिले नदेखिएको स्थानीय ७५ वर्षीय शङ्कर साह कलवारको भनाइ छ ।

यो समस्या वीरगञ्जका लडु, राजेश, समित्रा वा शङ्करको मात्र होइन वीरगञ्जका अधिकांशको समस्या हो । वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ । लामो समय खडेरी परेपछि पानीका मुहान सुक्न थालेपछि चापाकललगायतका धारामा एकाएक पानी आउन छाडेको हो ।

लगातार ४० देखि ४५ डिग्रीसम्मको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । वीरगञ्जको छपकैया, मिनाबजार, भिस्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्रतिमा चोक, ब्रह्म चोक, भन्सारलगायतका क्षेत्रमा स्थानीयले खानेपानीका लागि आआफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ ।

बिहानदेखि साँझसम्म नै एकैनाशले लागेको चर्को घामका कारण चापाकलको पानी नै सुकेर पानीको समस्या भएको वीरगञ्ज–१५ भिस्वा निवासी माया लामा बताउनुहुन्छ । मानव जीवनमा पानीविना कुनै काम नै नहुने भन्दै पानीकै अभावले अहिले प्याकप्याक हुन थालेको उहाँको गुनासो छ ।

अहिले टोल, संघसस्था, विद्यालय, कलकारखानामा पानीको अभाव खड्किएको छ । लामो समयदेखिको खडेरीले पानीका मुहान सुक्न थाल्नुका साथै मोटर जल्ने तथा करेन्ट लाग्नेसमेत हुन थालेको छ । महानगर क्षेत्रभित्र खानेपानीको हाहाकार देखिएपछि महानगरपालिकाले वीरगञ्जका विभिन्न स्थानमा खानेपानीका लागि ट्याङ्करबाटै पानी वितरण गरेको छ ।

जमिनको सतह मुनिबाट पानी तानेर ट्याङ्कीमा पानी सङ्कलन गरी वडाका बासिन्दालाई ट्याङ्करबाटै पानी वितरण गर्दै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल बताउनुहुन्छ ।

“महानगरले दैनिक ट्याङ्करबाटै पानी वितरण गर्दै आएका छौँ”, उहाँ भन्नुहन्छ, “महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्याङ्कर थोरै छ, भ्याएसम्म वडावडामा ट्याङ्कर पुगेर पानी बाँड्दै आएको छ ।”

यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

खानेपानीको समस्यालाई दृष्टिगत गरी महानगरपालिकाले अनधिकृतरूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ । “पछिल्लो समय स्थानीयले अनधिकृतरुपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ”, उहाँ भन्नुहुन्छ, “लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौँ ।”

अनुमतिविना जथाभावीरूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उहाँको भनाइ छ ।

नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताउनुभयो ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ”, प्रमुख महर्जनले भन्नुभयो, “यो सम्झौताअनुसार वडा वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठनलगायतका प्रक्रिया सुरु गरिसकेका छौँ ।” छिट्टै त्यो कार्य गर्छौं र खानेपानी पुर्‍याउँछौँ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनयता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहनुभएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराउनुभएको थियो ।रासस

यो पनि पढ्नुहोस्

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

२ घण्टा अगाडि
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक