पाल्पा । जिल्लाको रम्भा गाउँपालिका –२, रानीबासका एक जना पुरुषको नदीमा डुबेर मृत्यु भएको छ ।
रानीबासका २६ वर्षका कोपिल पाडेँमगरको माछा मार्ने क्रममा कालीगण्डकी नदीमा डुबेर शुक्रबार राति मृत्यु भएको हो ।
घरदेखि एक किलोमिटर टाढाको कालीगण्डकी नदीमा माछा मार्न जाल लिएर जानुभएका पाडेँमगरेको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भूपेन्द्र थापाले पाडेँमगरको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा पठाइएको जानकारी दिनुभयो ।


