आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’

काठमाडौँ / ककपिटमा अक्सिजनको मात्रा घटेका कारण मलेसियामा मंगलबार ११ घन्टा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको उडानमा संलग्न दुई जना पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले ‘स्पष्टीकरण’ सोधेको छ ।

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले मंगलबारको उडानमा रहेका निगमका दुई जना पाइलटलाई सिनामंगलमा बोलाई मौखिक र लिखित स्पष्टीकरण लिएको हो । ‘विभागका विशेषज्ञ पाइलट बिएम अमात्यले मंगलबारै निगमको अपरेशन विभागलाई मलेसियाबाट काठमाडौं फर्किने क्रममा रहेको विमानको अक्सिजनको मात्रा घट्नुको कारणबारे पत्राचार गर्नुभएको थियो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसैअन्तर्गत बुधबार दुबै पाइलटसँग अक्सिजन अभाव के कसरी हुन गयो भनी सोधपुछ र घटनाको लिखित विवरण मागियो ।’

ती अधिकारीका अनुसार, विभागले अर्को निर्णय नहुन्जेलसम्मका लागि दुबै पाइलटलाई उडानमा नराख्न निगमलाई निर्देशन दिइएको छ । प्राधिकरणले उक्त उडानमा रहेका इन्जिनियरसँग मंगलबारै लिखित विवरण लिएको थियो । ‘दुई पाइलट र एक इन्जिनियर गरी तीनै जनाको घटनासँग सम्बन्धित बयानलाई बिहीबार विश्लेषण गरी के कारणले भएको हो, त्यसै अनुसार कारबाही प्रक्रिया थालिने छ,’ ती अधिकारीले भने । प्राधिकरणले यो घटना पाइलटहरुको ज्ञानको अभावले भएको हो वा नियतवश भएको हो भन्नेबारे एकिन पहिचान भएपछि प्राधिकरणको नियमअनुसार कारबाही गर्ने जनाएको छ ।

यसैबीच, निगमले मंगलबार राति ९:४५ बजे मलेसियाका लागि हुनुपर्ने उडान झन्डै ७ घन्टा ढिलो गरेको छ । मलेसियामा जहाज ११ घन्टा ग्राउन्डेड भएका कारण मंगलबार उसले मलेसियाको उडान बिहान साढे ४ बजेमात्रै उडाएको थियो । दिउँसो १:४५ बजे बैङलुरु उड्नुपर्ने निगमको त्यो न्यfरोबडी ७ घन्टा ढिलो राति ९ बजे काठमाडौंबाट बैङलुरुका लागि उडेको थियो । बैङलुरुबाट बेलुकी फर्कंदा काठमाडौंमा बेलकी ९:४५ बजे आइपुग्नुपर्ने जहाज बिहान ३ बजेमात्रै अवतरण भएको थियो ।

एउटामात्रै जहाज त्यसमाथि प्राविधिक समस्या दोहोरिएपछि निगमको यात्रुसेवा विभागका प्रबन्धक केशर थापाले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पत्रमार्फत एउटै जहाजले तीनवटा सेक्टरमा उडान गर्नुपर्ने भएकाले विमानस्थल बिहान ४:३० बजेसम्म खुला राखिदिन अनुरोध गरेका थिए । निगमकै उडानका लागि राति ३ बजे बन्द हुने काठमाडौं विमानस्थल बिहान ४:३० बजेसम्म खुला गरिएको थियो । निगमले मलेसिया जाने यात्रुलाई विमानस्थल नजिकैका होटलमा राखेको थियो ।

यो पनि पढ्नुहोस्

अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिटमाथिको सुनुवाइ सकियाे

३ महिना अगाडि
अवैध लागूऔषध सहित पक्राउ

२२ वर्ष जेलपछि मृत्युदण्ड

४ महिना अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

दशैं, तिहार तथा छठलाई लक्षित गर्दै “आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

दशैं, तिहार तथा छठलाई लक्षित गर्दै “आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

३ मिनेट अगाडि
इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

३९ मिनेट अगाडि
साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

५५ मिनेट अगाडि
सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

५९ मिनेट अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्याे

१ घण्टा अगाडि
चलचित्र ‘बालापन’को प्रिमियर

चलचित्र ‘बालापन’को प्रिमियर

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist