शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

२२ वर्ष जेलपछि मृत्युदण्ड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ ।
मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’
गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस लेखेका थिए ।

गत बिहीबार साँझ साउदी अरेबियाको सरकारी सञ्चारमाध्यम साउदी प्रेस एजेन्सीले सन्तबहादुरलाई मृत्युदण्ड दिइएको अप्रिय खबर सुनायो ।

नेपाल र साउदी सरकारका तर्फबाट उनलाई जीवनदान दिलाउन पीडित परिवारसमक्ष गरिएका सबै प्रयास खेर गए । पीडित परिवारले ‘खुनको बदला खुन नै हुनुपर्ने’ अडानबाट पछाडि नहटेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ । स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी करार गर्दै मृत्युदण्डको फैसला २०५८ जेठमै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन गरेको आन्तरिक मन्त्रालयले उल्लेख गरेको छ ।

‘सरिया कानुनबमोजिम सन्तबहादुर पुनलाई बिहीबार मृत्युदण्डको सजायलाई कार्यान्वयन गरेको सुनिश्चित गर्दछ । अपराध गर्ने जोकोहीले पनि साउदी सरकारले बनाएको सुरक्षा, न्यायको प्राप्ति र अल्लाह भगवानले बनाएको नियमको भागिदार बन्नुपर्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

२०५४ सालमा साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको कामका लागि पुगेका थिए, सन्तबहादुर । जुन गाउँ राजधानी रियादबाट १२ सय किलोमिटर टाढा पर्छ । साउदी गएको चार वर्षपछि एक दिन साहुका दुई सय भेडा चराउन मजराकै एक मरुभूमितर्फ लागे । जहाँ साउदी नागरिक अल सरारी भेडा माग्न बारम्बार गोठमा आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन्, दोस्रो दिन जबर्जस्ती लैजान खोजेपछि बिरामी भेडा दिएर पन्छाए । यद्यपि उक्त व्यक्तिको भेडा माग्ने क्रम रोकिएन ।

सन्तबहादुरले सम्झाउन खोजे, तर उल्टै हप्कीदप्की गरेर जाइलाग्यो । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो गर्‍यो । साथमा भएको चक्कु आवेशमा चलाएँ, उसको पेटमा रोपियो,’ सन्तबहादुरले घटना सम्झिँदै कान्तिपुरसँग फोनमा भनेका थिए, ‘ऊ ठाउँको ठाउँ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानें । प्रहरीले मलाई घाइते अवस्थामा अस्पताल पुर्‍यायो ।’ सन्तबहादुरले आफू दोषी रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो । ‘एउटा भेडाका लागि मैले ज्यान लिएँ  । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा दिएको भए के जान्थ्यो र ? सन्तबहादुरले कुनै बेला घटनाको प्रायश्चित गर्दै सुनाएका थिए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’

मृतक सरारीका तीन छोरा छन् । घटनाताका कान्छा छोरा ५ वर्षका थिए । नाबालक ती छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयन विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भएपछि सन्तबहादुर त्यतिन्जेल कुरैयात जेलमै बस्नुपर्ने भयो । मृतकका माइलो छोरा जो फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) पनि हुन्, उनले सन्तबहादुरलाई जेलमै भेटेर माफी दिने वचन दिएपछि उनमा जीवनदान पाउने आशा पलाएको थियो ।जेठो छोरा पनि माफी दिन सहमत नै थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू भने खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।

जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए पनि पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनै जना सन्तबहादुरलाई माफी दिलाउन प्रयासरत थिए ।

तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्र पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । तर कमिटीसँगको छलफलमा पनि पीडित पक्ष सन्तबहादुरलाई माफी दिन सहमत भएनन् ।

पीडित परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए जीवनदान दिन मिल्दैन । नेपाली दूतावासले सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । उक्त अनुरोधले पनि काम गरेन । ‘२२ वर्षभन्दा बढी जेल बसिसकेको छ । अब यसलाई मानवीय हिसाबले पनि हेरिदिनुपर्छ भनेर हामीले कुनै कसर बाँकी राखेनौं । त्यसमा साउदीका अधिकारीहरू पनि सकारात्मक नै थिए । तर अहिले उनलाई फाँसी दिइएको खबर सुन्दा नमिठो लागेको छ,’ साउदीका लागि पूर्वराजदूत महेन्द्रसिंह राजपुतले बताए ।

पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए । सन्तबहादुर साउदी जाँदा उनका तीन छोरा शिव, खड्ग र मीनबहादुर सानै थिए । सन्तबहादुरले श्रीमती मायालाई फोनमा सम्झाउँथे, ‘मेरो भाग्यमा फाँसी नै लेखेको रहेछ भने कसैले रोकेर रोकिन्न । नेपालमै गएर मर्नॅ लेखेको रहेछ भने कुनै न कुनै दिन फर्किहाल्छु ।’

सायद उनको भाग्यमा जीवनदान लेखिएको रहेनछ । श्रीमान् फर्किआउलान् भन्ने मायाको आशाको तान्द्रो पनि बिहीबारदेखि सधैंका लागि चुँडियो । सन्तबहादुरले भने लगभग बाँच्ने आशा पहिल्यै मारिसकेका थिए । त्यसैले उनी जेलबाटै मायालाई बारम्बार सम्झाउँथे–‘मलाई कहिले के पर्छ भनेर चिन्ता नगर्नँ । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुनु, दुःख मान्नु ।’

 

यो पनि पढ्नुहोस्

अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’

अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’

३ वर्ष अगाडि
अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिटमाथिको सुनुवाइ सकियाे

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक