काठमाडौं – आफ्नै निवासमा मृत फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणलाई लिएर सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममा पनि प्रश्न उठेका छन् ।
सेलिब्रेटीहरूले सारुकलाई न्यायको माग गर्दै स्टाटस लेखिरहेका छन्। अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राममा सारुकको तस्बिर पोस्ट गर्दै ‘सत्य र न्यायको जित हुने’ लेखेकी छन्।
त्यस्तै, इन्स्टा स्टोरीमा एक नोट लेख्दै अभिनेत्री मलिना जोशीले सारुकको आत्महत्या प्रकरणको उचित अनुसन्धान गर्न माग गरेकी छन् । उनले आधा दर्जनभन्दा बढी प्रश्नहरू लेखेकी छिन्, ‘उहाँलाई के हुन सक्छ? किन यो निर्णय लिन बाध्य भए ? उहाँको अन्तिम दिनमा उहाँको साथमा को थिए ? पछिल्लो कुराकानीमा के भयो ? उसको अन्तिम फोन कसलाई थियो ?’
सारुकले किन तोड्यो आफ्ना नजिकका महिला साथीहरूसँगको सम्बन्ध ? के उनीसँग दुर्व्यवहार भएको थियो ? के उसलाई दुर्व्यवहार गरिएको थियो ? के उनको अपमान भयो ?’
उनले उचित छानबिनका लागि के माग गरिएको छ भन्ने कुरा सबैले थाहा पाउनुपर्ने पनि बताएकी छन्। उनको पोस्ट अभिनेत्री स्वस्तिमा खड्काले पनि शेयर गरेकी छिन्।
चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल पनि सामाजिक सञ्जालमा सारुकको मृत्युको खोजबिन गर्नुपर्ने बताउँछन्। उनी लेख्छन्, ‘अभिनेता सारुक ताम्राकारको आत्महत्याको विषयमा सञ्जालमा अनेकथरी प्रश्नहरु उठिरहेका छन् । नेपाली चलचित्र क्षेत्र मौन छ। चलचित्र कलाकार संघ, प्राविधिक, पत्रकार सबको बोल्ती बन्द छ। आत्महत्याको कारण के थियो? केही समयअघिसम्म फिल्मको सुटिङ गरिरहेका ताम्राकार केही घण्टामै किन यस्तो निर्णय लिन बध्य भए? थुप्रै प्रश्नहरु अनुत्तरित छन् । जवाफ दिने कसले ? अनावश्यक विषयमा हतारिँदै सामाजिक सञ्जाल रंगाउने हाम्रा कलाकर्मीहरुको मौनता पनि गज्जबकै छ ।’
सेलिब्रेटीहरूले एकपछि अर्को छानबिनको माग गर्न थालेपछि प्रहरीमाथि दबाब बढेको छ । गत शुक्रबार सारुकको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन सकेर घर फर्किएका सारुकले त्यही साँझ आत्महत्या गरेका हुन् ।
अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला तथा केकी अधिकारीले पनि सारुकको आत्महत्याको बारेमा खोज तथा अनुसन्धान गर्नु पर्ने माग राखेका छन् ।