काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर कृष्ण गल्ली डेरा गरी बस्ने बर्दिया गिरवा नगरपालिका-१ घर भएकी २३ वर्षीया अम्बिका साउदको कोठाबाट सुन तथा चाँदीका गहना र नगद ४८ हजार रूपैयाँ गरी करिब १ लाख ९१ हजार ९ सय ५० रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।