काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।