शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

ललिता निवास जग्गा प्रकरणमा कति जनालाई पक्राउ गरिँदैछ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ललिता निवास जग्गा प्रकरणमा कति जनालाई पक्राउ गरिँदैछ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं /  ललिता निवासकाे सरकारी जग्गा हिनामिना गरेको आरोपमा हालसालै ४ जनालाई पक्राउ गरिएकाे छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेर बुधबार सार्वजनीक गरेको छ।  प्रहरीले सो प्रकरणमा एकैदिन ७ जनालाई पक्राउ गरेको भए पनि ३ जनाले  निषेधाज्ञाको आदेश सर्वोच्चबाट ल्याएकाले  हिजै छाडिसकेको छ।

प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक काठमाडौं महानगरपालिका वडा नम्बर ५ का ६९ वर्षीय मीनबहादुर गुरूङको नाममा मात्रै २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको खुलेको छ।

सिआइबीका एसएसपी दिनेश आचार्य भन्छन्, ‘पक्राउ परेका मीनबहादुर र उनका नातेदारहरू र कम्पनीका शेयरहोल्डरहरूको नाममा मात्रै २९ रोपनी भन्दा बढी जग्गा देखिएको छ।’

ललिला निवासको  जग्गामध्ये केही जग्गा मोहीलाई दिलाउने  निर्णय  सरकारबाट भएको थियो। मोहीलाई दिइएको जग्गा उनीहरुलाई केही रकम दिएर दलालीले आफ्नो नाममा गराएको र त्यहीमध्येको २९ रोपनी गुरुङको नाममा रहेको पाइएको सिआइबीले जानकारी गराएको हो।

गुरुङलाई यहीँ प्रकरणमा यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। संयोगले गुरुङको नाम हाल पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा पनि आइरहेको छ।

डेढ वर्षअघि महान्यायाधिवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले फेरि अघि बढाउन थालेको हो । ललिता निवासको जग्गा अनियमिततामा सुरुमा अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियालले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो।

ललिता निवास प्रकरणमै धरौटीमा रिहा भएका मीनबहादुर गुरुङ सोही प्रकरणमा फेरि समातिएका छन्। प्रहरीका अनुसार अख्तियारले भष्ट्राचारको मात्रै पाटो हेर्ने भएकोले त्यतिबेलाका लागि उनी धरौटिमा छुटेका हुन् तर हाल प्रहरीले सरकारी कागजात किर्ते मुद्दा अनुसन्धान अघि बढाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध ललिता निवास प्रकरणमा ११० जनाविरुद्ध मुद्दा चलाइसकेको छ। उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा विचाराधीन छ। उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए।

गुरुङले ललिता निवास जग्गा प्रकरणमा ठुलो चलखेल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधिर शाहकी श्रीमती उर्मिलाको नाममा पनि ५ रोपनी २ पैसा जग्गा रहेको पाइएको खुलेको प्रहरीले बताएको छ।

त्यस्तै गोपाल कार्कीको भने कुनै जग्गा देखिएको छैन। तर मालपोत कार्यालयका केही फाइल नै गायब गरिदिएको आरोप उनीमाथि छ। पत्रकारहरुको जवाफ दिँदै आचार्यले भने ‘उहाँले पैसा त लिनुभयो कि लिनुभएन पछि खुल्ला। उहाँले फाइल नै गायब गर्न भूमिका खेल्नुभयो।’

सिआइबीले ललिता निवास परिसरको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको बताएको छ।

प्रहरीले ललिता निवास जग्गा अनियमितताका घटनामा चारवटा अनुसन्धान प्रतिवेदन तयार पारी २०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। सरकारी वकिलको कार्यालयले पर्याप्त अनुसन्धान नगरेको र हचुवाको भरमा प्रतिवेदन पेश गरेको भनी निर्देशन सहित फाइल फिर्ता पठाएको थियो ।

डेढ वर्षअघि सीआईबीले पुरानै राय अनुसार करिब ३ सय जनाभन्दा बढीमाथि मुद्दा चलाउनुपर्ने भनी फाइल सरकारी वकिलको कार्यालयमा पठाएको थियो । अहिले पुन: प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको एआइजी किरण बज्राचार्यले बताइन्। मुद्दा दर्ता हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनी भन्छिन,’मुद्दा दर्ता नगर्ने भन्ने प्रश्न नै आउँदैन।’

उनी भन्छिन्,’विभिन्न कनरणले चलखेलहरू हुन सक्छन्। तर जवाफ दिन हामीसँग यथेष्ट प्रमाण छन्।’ हद म्यादको विषयमा मुलुकी ऐन २०२२ लाई टेकेर अनुसन्धान गरिरहेको उनको भनाइ छ। यो मुद्दामा हदम्याद नलाग्ने उनले बताइन्।

प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जग्गाबारे प्रश्‍न उठेको छ। जग्गा फिर्ता गरेको विषयमा पौडेल अनुसन्धानको दायरामा तानिन्छन् कि तानिँदैनन् भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं। यो अगडि बढ्दै जाँदाखेरि थप कुरा जे हुन्छ हामी भन्छौं।’

प्रहरीले यस प्रकरणमा ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको स्रोतले बताएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

१ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक