जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
मंगलबार नगराइन– २ का वडाअध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ लिइसकिएको अवस्थामा आयोगको बर्दिबासबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा आयोगको टोलीले दुबैजनालाई घुस लिइसकेको अवस्थामा रकमसहित नगराइन चोकबाट नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।