काठमाडौं । हरेक वर्ष जून १४ का दिन विश्व रक्तदाता दिवस मनाइन्छ । रगत अर्थात ब्लड एउटा त्यस्तो कुरा हो, जसलाई बनाउन सकिँदैन । यसको आपूर्तिको कुनै अन्य विकल्प पनि छैन । रगत मानिसको शरीरमा आफैँ बन्छ ।
कहिलेबाहिँ अचानक कुनै रोगका कारण शरीरमा रगतको मात्रा यति धेरै कम हुन्छ, जसले गर्दा अरु मानिसको रगत दिनु पर्ने हुन्छ ।
सन्दर्भ : विश्व रक्तदाता दिवस
त्यस्तै, आपतकालिन स्थितिमा रगतको पूर्ति गर्नका लागि संसारभरी नै आजकै दिन अर्थात जून १४ लाई ब्लड डोनेशन डेको रुपमा मनाइन्छ । यसको प्रमुख उद्देश्य मानिसलाई रक्तदानका लागि जागरुक बनाउनु, रगतको आवश्यकता परेका मानिसको जिन्दगी बचाउनु तथा मानिसमा रक्तदानप्रति सचेतना जगाउनु नै यो दिनको मुख्य लक्ष्य हो ।
विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय रेडक्रस संघ र रेड क्रीसेन्ट समाजले सन् २००४ को जून १४ का दिन वार्षिक रुपमा पहिलो पटक रक्तदान दिवस मनाएर यो दिनको शुरुवात गरेको थियो ।
एक औसत व्यक्तिको शरीरमा १० यूनिट अर्थात पाँचदेखि छ लिटर रगत हुन्छ । त्यस्तै रक्तदानमा केवल एक यूनिट रगत लिइन्छ ।
एक व्यक्तिले कति पटक रक्तदान गर्न सक्छ ?
रक्तदानका लागि महिला र पुरुषको समयाअवधि फरक रहेको छ । पुरुषले तीन महिना र महिलाले हरेक चार महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।
यद्यपि, जोकोहि व्यक्तिले आफ२ले चाहेको समयमा रक्तदान गर्न सक्दैन । यदि तपाईँ स्वास्थ हुनु हुन्छ, तपाईँलाई कुनै प्रकारको रोग छैन, ज्वरो आएको छैन भने मात्र तपाईँले रक्तदान गर्न सक्नु हुन्छ ।
यसको पछाडिको प्रमुख कारण भनेको मनुष्यको शरीरमा ९० देखि १२० दिनको भित्र आफैँ नै रेड ब्लड सेल्स डेड (रातो रक्त कोषिका मर्छ) हुन्छ र नयाँ कोषिका बन्छ । त्यसैले डाक्टरले हरेक तीन महिनापछि मात्र रक्तदान गर्ने सल्लाह दिन्छन् ।