काठमाडौं – काठमाडौंको ओमबहालमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।
गएराति घरायसी विवादका क्रममा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाई सूर्य शाक्यको मृत्यु भएको हो।
सुरजले सोमबार राति १२ बजेतिर दाइमाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बताएका छन्।
प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले सुरजलाई मंगलबार बिहान सिंघलबाट पक्राउ गरेको हो। घरका अन्य सदस्य सुतिरहेको अवस्थामा राति दाजुभाइबीच विवाद भएको बुझिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।