बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाल्पामा १ हजार २२ बोरा अवैध युरिया मल बरामद

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पाल्पामा १ हजार २२ बोरा अवैध युरिया मल बरामद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामपुर ।  पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ। जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो।

रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको ६ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो। केही दिनदेखि रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए। सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए।

अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ। रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ।

‘अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारबाही हुनेछ,’ प्रहरी उपरीक्षक थापाले भने।

यसैगरी नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सो मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको हो। तर बिलमा भने क्रेता र पान नं. फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ। रामपुरमा ठूलो परिमाणमा भारतीय मल भित्रिएको आशङ्कापश्चात मल बिक्रेता विभिन्न सहकारीको पनि अनुगमन गरिएको छ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरि पाण्डेय, रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालसहित प्रहरी र पत्रकारहरूको उपस्थितिमा अनुगमन गरिएको हो। रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। RSS

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक