काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ ७५३ वटा स्थानीय तहमध्ये निकै चर्चामा आउने नगर प्रमुखका रुपमा परिचित छन्।
स्थानीय तहको गत निर्वाचनमा उनी स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। अभिव्यक्तिका कारण होस् या उनको काम गर्ने तरिकाले जहिले च्चामा आइरहन्छन्।
पछिल्लो समय प्रदेश १ को नामकरण कोशी गर्दा निकै तनाव उत्पन्न भइरहेको छ। प्रदेश नामकरणविरुद्ध विभिन्न समुदायहरु निरन्तर आन्दोलनमा छन्। उक्त आन्दोलनमा एक युवकले आफ्नो ज्यानसमेत गुमाइसकेका छन्। तर। हर्क साम्पाङ निर्वाचित धरान उपमहानगरपालिकाको लेटरप्याडमा कोशी प्रदेशको ठाउँमा प्रदेश १ राखिएको पाइएको छ।
विगत केही दिनदेखि बढेको गर्मीका कारण उपहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा दिएको सार्वजनिक सूचनामा कोशी प्रदेशको ठाउँमा प्रदेश नम्बर एक राखिएको छ। धरान उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश प्रसाद खतिवडाद्वारा हस्ताक्षरित लेटरप्याडमा कोशी प्रदेश हटाइएको छ। तर शिक्षा महाशाखाका प्रमुख खतिवडाले पूरानो लेटर प्याड पनि चलाउने भएकाले भुलचुक भएको जनाए ।
उनले भने,‘कतिपय कार्यालयका लेटरप्याड पुरानै चलाउँदै जाँदा मिस्टेक पनि भएका हुनसक्छन्। यो विषय यसै गरेको हो भनेर भन्न सकिने अवस्था छैन। सरकारले गरेका निर्णय कार्यान्वयन गर्दैनौं भन्ने कुरा पनि छैन। सरकारको निर्णयविरुद्ध जाने हामीलाई अधिकार पनि हुँदैन।’
।’