कपिलवस्तु । राज्यले जेष्ठ नागरिक हरुको सम्मान मा नियमित भत्ता सहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै थप उर्जा थपिदिएको छ।हरेक महिनाको २ पटक वडा भरिका उपस्थिति जनाउन सक्ने जेष्ठ नागरिकहरुलाइ आमन्त्रण गरि,चिया खाजा सहित सुख दुख का कुरा साटासाट गर्ने,एक अर्का बिच परिचित हुँदै झमझम भजन कृतन मा रमाएर आनन्द लिएको दृश्यले वरपरका मानिसमा समेत उर्जा छाएको छ।
बाणगङ्गा नगरपालिका को आर्थिक हयोगमा नगर भित्रका सबै वडामा रु ५००००/का दरले जेष्ठ नागरिक दिवा सेवा संचालन भैरहेको राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगङ्गा वार्ड नम्बर १ का अध्यक्ष हिमालय भुसालले जनाउनु भएको छ।पन्ध्र दिन मा १ पटक भएपनी सबैले समय निकालेर बैरिया दुर्गा मन्दिर मा भेटघाट सहित भजन कृतन र अध्यात्मिक गतिविधि गरेर मनलाइ आनन्द दिने प्रयत्न गरिरहेको अध्यक्ष भुसाल ले बताउनु भएको छ। साथै आजको उपस्थिति मा वडा भरिका जेष्ठ नागरिक लाई निशुल्क ब्लड प्रेसर जांच सहित प्रारथमिक उपचार का लागि आवस्यक औषधि समेत निशुल्क बितरण गरिने उत्तमनर आधारभुत स्वास्थ्य सेवा केन्द्रकी सिनियर अहेब मेनका न्यौपानेले जनाउनु भएको छ । घरघरमा गएरै भएपनी सेवा दिनै पर्ने हो जेष्ठ नागरिकको यो कार्यक्रम ले स्वास्थ्य जाँच गर्न गराउन दुबै पक्षमा सहजता भएको स्वास्थ्यकर्मी मेनका ले बतानुभएको छ। ।
शागर बेल्बासे