शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइनः गृहमन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
Palpa Satyabati jeep accident: Four deceased identified
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्।

आइतबार ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं साँस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताएका हुन्।

‘पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु। आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन। आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो। हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ। यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ,’ उनले भने।

मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन। ‘तीनै तहको सरकार, स्थानीयहरु र गुठीहरु मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ,’ उनले भने, ‘खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु।’

मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्नसके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए। उनले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गरे।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले खोकनालाई साँस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर समुन्नत र समृद्धिको खोकना, राष्ट्रको समुन्नत र समृद्धिको एउटा अङ्गको रूपमा अगाडि बढाउन यो १२ वर्षे मेला सफल होस् भन्ने कामना गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला संस्कृति यहाँको पहिचान तथा इज्जत भएको बताउँदै यसलाई बचाउन गरेको पहलप्रति खोकनावासीलाई धन्यवाद व्यक्त गरे। उनले मूर्त तथा अमूर्त सम्पदा बचाउन महानगरले महत्त्वपूर्ण काम गरेको बताए। रासस

यो पनि पढ्नुहोस्

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

३ हप्ता अगाडि
कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक