आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनकपुरधामको दशरथ तलाउमा स्नान गर्ने भक्तजनहरुले घुइँचो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जनकपुरधामको दशरथ तलाउमा स्नान गर्ने भक्तजनहरुले घुइँचो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरुका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरुले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुँइचो लागेको हो ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट दशहराको अवसरमा जनकपुधाम उपमहानगरपालिका वडा नं. ८ स्थित दशरथ मन्दिर नजिक रहेको दशरथ सरमा  स्नान गरी दशरथ महाराजको पूजा गर्न आउने गरेका छन् । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दू धर्ममा छ ।

दशहराको दिन दशरथ सरमा स्नान गर्नाले पुण्य मिल्ने विश्वासका साथ धनुषाको नगराइन नगरपालिकाबाट आउनुभएका इन्द्रकला निधि प्रत्येक वर्ष झैं यसवर्ष पनि यहाँ स्नान गरी दर्शन गर्न आउनु भएको छ । यहाँ स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ उहाँहरु सम्पूर्ण परिवार स्नान गर्न आउनुभएको हो । यहाँ स्नान गरे पाप पखालिने र पुण्य प्राप्ति हुने विश्वास समेत रहेको इन्द्रकला बताउनुहुन्छ ।

भगीरथले अनेकौं प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइने गरिन्छ । सके दशौं दिन स्नान गर्ने, नसके दशमीका दिन मात्र स्नान गर्ने परम्परा पनि छ ।

यस दिनको दान तथा उपवासको विशेष महत्व समेत रहेको दर्शन गर्न आउने भक्तजनहरु बताउँछन् । गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ ।  लक्ष्मी चौधरी जनकपुर

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

७ दिन अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक