बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेपालबारे अमेरिकी प्रतिवेदनको तात्पर्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
अमेरिकाले हालै विश्वका विभिन्न देशमा धार्मिक स्वतन्त्रताको स्थितिबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा नेपालसम्बन्धी विषय पनि समेटिएको छ, जसमा नेपाललाई हिन्दू राष्ट्र बनाउन जनमत निर्माणका लागि भारतले लगानी गरेको दाबी गरिएको छ । यस्तै, प्रतिवेदनले गत वर्ष जुन ९ मा प्रतिनिधिसभाको बैठकमा सांसद भीम रावलले सार्वजनिक रूपमै जीससलाई ईश्वरको संकेतका रूपमा प्रस्तुत गरिएको पाठ्यपुस्तकको आलोचना गरेको विषय पनि उल्लेख छ । रावलले पश्चिमा समुदायले इसाई धर्म फैलाइरहेको र पश्चिमा प्रभावले प्राचीन हिन्दू धर्म र संस्कृतिमाथि धावा बोलेको धारणा राखेको उक्त प्रतिवेदनमा भनिएको छ ।
आफूलाई विश्वकै शक्तिशाली राष्ट्रको रुपमा उभ्याएको अमेरिकाले अन्य देशको विषयमा प्रतिवेदन तयार पार्दा निश्चय नै त्यो उसको स्वार्थअनुसार हुने नै भयो । नेपालको सन्दर्भमा पनि उसले आफ्नो स्वार्थअनुसार नै विभिन्न विवरणहरु राखेको छ । अमेरिकाले पछिल्लो समय नेपालमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान दिएको अमेरिकाले नेपालसँग सैन्य साझेदारी एसएसपी पनि अघि बढाउन खोजेको थियो । तर, चौतर्फी विरोधपछि उसको यो मनोकांक्षा पूरा भने हुन सकेन । यसबीचमा फेरि नेपालमा धार्मिक विषयलाई अघि ल्याएर उसले यहाँको जनमानसलाई तरंगित पार्न खोजेको छ ।
अमेरिकाले आफ्नो प्रतिवेदनमा उठाएको विषय नेपालमा हिन्दू राष्ट्रका लागि बोल्न भारतीय जनता पार्टी (भाजपा) ले नेताहरुलाई पैसा दिने गरिएको भनिएको छ । यदि निश्चय नै यस्तो हो भने त्यो नेपालको हितमा कुनै पनि हालतमा छैन । तर, यसको अर्थ हिन्दू धर्मलाई नै निशाना बनाएर जनमानस भड्काउने उद्देश्यले अमेरिकाको प्रतिवेदन आएको हो भन्ने त्यो पनि गलत नै हो । शक्ति राष्ट्रले राजनीतिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा हस्तक्षेप गरेर रणनीतिक रुपमा आफ्नो पोल्टामा पार्नका लागि चलखेल गर्दै आएका छन्, जसलाई नेपाली पक्षले बुझ्न आवश्यक छ । अर्कोतर्फ क्रिश्चियन धर्मको प्रचारको विषयमा भने यो प्रतिवेदनले केही बोलेको छैन । नेपालमा पछिल्लो समय वनमा डढेलो फैलिएजसरी गाउँगाउँमा क्रिश्चियन धर्मको प्रचारप्रसार भइरहेको छ । तर, अमेरिकी प्रतिवेदनले यो विषयलाई भने उठाएको छैन । धर्म परिवर्तनका नाममा पैसा लिने कुरा पनि गलत हो ।
नेपाल एउटा बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक देश हो । विश्वमा धेरै देशमा जात र धर्मका विषयमा समुदायबीच युद्ध र विवाद हुँदै आएको छ । तर, नेपालमा भने यही विविधतामा नै नेपाली जनता रमाएका छन् । हालसम्म सबै जातजाति मिलेर बसेका छन् । तर, यसलाई प्रभावित गर्ने उद्देश्यले विभिन्न शक्तिराष्ट्रले चलखेल गर्दै आएका छन् । त्यसमा अमेरिकाको यो प्रतिवेदनलाई पनि एउटा उदाहरण मान्न सकिन्छ । त्यसकारण प्रतिवेदनको विश्वसनीयतालाई ध्यानमा राख्दै धर्मसम्बन्धी कुनै पनि चलखेललाई निरुत्साहित गर्न नेपाल सरकार लाग्नुपर्छ । धार्मिक हिंसाले विश्वका धेरै देश बर्बाद भएका प्रशस्त छन् । त्यो अवस्था आउन नदिन नेताहरुले ध्यान दिन आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

१० घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक