शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता पाएको छ ।

मध्यरात कीर्तिपुर नगरपालिकाबाट मछिन्द्रनाथको प्रतिमूर्तिलाई पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यलाई  हस्तान्तरण गरिएको थियो । याक मिसाको प्रतिमूर्तिलाई भने कीर्तिपुरमा भविष्यमा स्थापना हुने सङ्ग्रहालयमा राख्ने निर्णय भएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुर–२ पुरातात्विकस्थल प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी अविवाहिता)लाई प्रसाद ग्रहण गराउने परम्परा छ । यसैगरी रथयात्राकै कुनै एक दिन कीर्तिपुरका महिलाले रथ तान्ने चलनसमेत यहाँ चलेको छ ।

यसैबीच गत मङ्सिरमा स्थानीय सुखी गंछेँ समाजको पहलमा मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसको मच्छिन्द्रनाथका पुजारीको समूह हयग्रवी भैरवनाथ तथा ३२ पानेजु सङ्घले कडा विरोध जनाएको थियो । तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रूपमा पूजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भनाइ उनीहरूको थियो । मूर्ति हटाउने र नहटाउनेबीचको विवाद कीर्तिपुर नगरपालिकाको समन्यवमा समाधान गरिएको हो ।

त्यसपछि ललितपुर महानगरपालिका र पुरातत्व विभागले सुखी गँ छेलाई सो मूर्तिहरू प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकका आधार भन्दै कीर्तिपुर नगरपालिकाले वैशाख ७ गते मूर्ति हटाउन सुखी गँछेलाई आग्रह गरेको थियो ।

नगरपालिका, पुरातत्व विभाग र मछिच्द्रनाथका पुजारीको दबाबपछि पनि सुखी गँछेले सम्मानजनक निकास दिनुपर्ने माग राख्दै आएको थियो । गत वैशाख २५ गते स्थापित मूर्ति प्याँगथाबाट हटाइएको थियो । त्यसपछि कीर्तिपुरे महिलाले मच्छिन्द्रनाथको रथ तान्ने परम्परा ९देय् पिसाः० सम्पन्न भएको थियो । कीर्तिपुरे महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलसम्म तानेका थिए ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरे महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरूको थियो । यसैगरी जल पानेजु नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरको प्यांःगथाँ पुग्ने ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)लाई प्रसाद दिने परम्परा भने मूर्तिको उचित व्यवस्थापन नभएम्म नगर्ने अडान पानेजुहरूको थियो । रासस

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक