काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै कांग्रेसका पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।