शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालमा अनुसन्धान र नवप्रवर्तन गर्नेको भविष्य छैन ?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा अनुसन्धान र नवप्रवर्तन गर्नेको भविष्य छैन ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारसँग विभिन्न माग राख्दै माइतीघरमा आन्दोलनरत छन् । अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण नभएको, अनुसन्धान कोषको स्थापना नभएको, खरिद नियमवाली छुट्टै हुनुपर्नेजस्ता माग राखेर पुन झरीवर्षाको प्रवाह नगरी माइतीघर मण्डलमा महावीर आन्दोलनरत छन् ।

आइतबार सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पुनसँग वार्ता गर्न पठायो । वार्ता सकरात्मक रुपमा अगाडि बढेको महावीरले बताए ।

स्वदेशमै निर्मित यात्री मोटरसाइकल दर्ता गर्ने कानुन नै नभएपछि सुरु भएको अनुसन्धान र नवप्रवर्तनको बहस अहिले चर्चा छ । चौतर्फी विरोध भएपछि सरकारले स्वदेशमै निर्मित सरकारी सवारी साधनको दर्ता गर्ने व्यवस्था गर्‍यो ।

सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूले उठाएको माग कार्यान्वयन नभए आन्दोलन गर्नुपर्ने बताएका थिए । इन्जिनियरिङ विधामा स्नातक पास गरेका नेपाली युवाहरूका लागि ‘इर्न्टन र इनोभेसन’ गर्ने ठाउँ राष्ट्रिय आविष्कार केन्द्र बनेको छ । राज्यले अनुसन्धानकर्ता र नवप्रवर्तनमा लागेकाहरूका लागि काम गर्ने वातावरण सिर्जना नगरिरहेको बेला एक व्यक्तिको प्रयासमा स्थापना भएको आविष्कार केन्द्रकै प्रमुख किन आन्दोलन गर्न बाध्य भयो त ?

यस क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार नेपालमा अनुसन्धान र नवप्रवर्तन गर्न खोज्ने भविष्य नै छैन । सरकारी रवैया नै त्यस्तै छ । विज्ञान विषयमा स्नातकोत्तर गरेका जोकोही विद्यार्थीलाई स्वदेशमै काम गर्ने/ अनुसन्धान गर्ने वातावरण छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्राविधि संकायका प्रमुख डा. रविन्द्र ढकाल नेपालमा अनुसन्धानकर्ता(प्राविधिक जनशक्ति ) भर्ना गर्ने प्रक्रिया नै गलत भएको बताउँछन् । अनुसन्धानकर्तालाई पुरानै तरिकाबाट घोकेर पास भएको आधारमा छनोट गर्ने परिपाटी छ । उनी भन्छन्, ‘सबैभन्दा पहिला काम गर्ने वातावरण राज्यबाटै भइरहेको छैन । अनुसन्धानकर्ता भर्ना प्रक्रिया पुरानै लोकसेवामा सोधिने सामान्य ज्ञानको प्रश्न र पद्धतिबाट राख्ने चलन छ । एउटा पुस्ता घोकेर पास गरेकै आधारमा जागिर खायो । तर अनुसन्धानकर्ताहरूले अनुसन्धान गर्ने र आफ्नो काममा मात्रै केन्द्रित हुन्छन् उनीहरूलाई सामान्य ज्ञानको प्रश्न गरेर भर्ना गर्न मिल्छ ?’ अनुसन्धानकर्तालाई काम लगाउने आधारभूत विषयमा नै समस्या भएको उनले बताए । यस्तै,लगाानी पनि ज्यादै न्यून भएको उनको भनाइ छ ।

महावीरले उठाएको अर्को विषय हो अनुसन्धानकर्ताका लागि चाहिने छुट्टै सार्वजनिक खरिद ऐन र नियमावली । अन्य क्षेत्रका वस्तु जसरी नै अनुसन्धानका सामग्री खरिदमा पनि सस्तो र कम रकम खरिद गर्नुपर्ने बाध्यता यो ऐनले गरेको छ । ढकाल भन्छन्, ‘विज्ञानले गुणस्तर र राम्रो खोज्छ । खरिद नियमावलीले सस्तो र कम रकम कबोल गरेको सामान किन भन्छ । यसले पनि समस्या पारेको छ । ’

अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठ नेपालमा अनुसन्धानका लागि चाहिने ज्ञान उत्पादन केन्द्रहरू नै नभएको बताउँछन् । भएका ज्ञान केन्द्रहरू पनि भरपर्दो र गुणस्तरीय नभएको उनको भनाइ छ । यस्तै, ज्ञानलाई प्रचारप्रसार गर्ने माध्यम नहुने, संयन्त्र नहुनेजस्ता समस्याहरू नेपालमा विद्यमान छन् । ज्ञान उत्पादनका लागि सघाउने स्रोत र साधन,पुँजी र नीति नियमको पनि समस्या भएको उनले बताए ।

श्रेष्ठका अनुसारमा नेपालमा प्रति १० लाख जनसंख्यामा सय जना पनि राम्रो वैज्ञानिक जनशक्ति छैनन् । भएका जनशक्ति पनि एकदमै अनुसन्धानमै लाग्ने खालका छैनन् । यस्तै, भएका अनुसन्धानहरू पनि ठेकेदारी प्रथाले चलिरहेको उनको गुनासो छ । विदेशबाट आएर स्वदेशमै काम गर्नेहरूलाई ठेक्का लगाएको हिसाबमा अनुसन्धान गराउने परिपाटी नेपालमा रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । आर्थिक मासन्तभित्र अनुसन्धानात्मक काम सम्पन्न गर्नुपर्ने जस्ता विषयले वातावरण बन्न नसकेको श्रेष्ठले बताए । ‘अनुसन्धान पनि आर्थिक मसान्तभित्र सक्नुपर्ने भन्ने खालको हुन्छ र ? बहुवर्षीय हुने किसिमका पनि हुन्छन् नि तर यहाँ त ठेकेदारी प्रथाले चलिरहेको छ,’ श्रेष्ठले कान्तिपुरसित भने ।

विदेशबाट फर्किएका नेपाली अनुसन्धानकर्ताहरूलाई काम गर्ने वातावरण नेपालमा छैन । अमेरिकाबाट पीएचडी गरेर स्वदेश फर्किएर नेपालमा क्याटालिस्ट टेक्नोलोजीमार्फत हर्बेदा बोटानिकल्स सञ्चालन गरिरहेकी अनुसन्धानकर्ता डा. प्रतिभा पाण्डे नेपालमा काम गर्ने वातावरण नै नभएको बताउँछिन् । उनी भन्छिन्, ‘ यहाँ पैसा नभएर अनुसन्धानकर्ताको गुनासो हैन, काम गर्ने वातावरण नभएर हो । ’

नेपाली अनुसन्धानकर्ताहरूले खोलेका रिसर्च संस्थाहरू समाज कल्याण परिषद् अन्तर्गत एनजीओमा सूचिकृत गर्नुपर्ने अवस्था छ । त्यस्ता अनुसन्धान संस्थाहरूले विदेशबाट ल्याउने अनुसन्धानात्मक उपकरणहरूलाई कर छुटको व्यवस्था नै नभएको पाण्डेले बताइन् । ‘रिसर्च संस्थाहरूले विदेशबाट अनुसन्धानवृत्ति मार्फत् उपकरणहरू ल्याउन खोज्छन् तर समाज कल्याण परिषद्‌मा दर्ता हुनुपर्ने भएकाले उपकरणको छुट नै पाइँदैन । यसले पनि समस्या छ । ’ लामो समयसम्म प्रविधिहरू भन्सारमै अड्किँदा पनि समस्या हुने गरेको उनले सुनाइन् । परीक्षणका लागि चाहिने जैविक वस्तुहरू कानुन अभावका कारण भन्सारमा अड्किँदा बिग्रने जोखिम धेरै नै छ । सबै संस्थाहरूलाई एउटै क्याटोगोरीमा राख्दा समस्या भएको अनुसन्धानकर्ताहरूको दुखेसो छ ।

राष्ट्रिय अविष्कार केन्द्रमा कार्यरत इन्जिनियरिङका विद्यार्थी मोहन तामाङको पनि दुखेसो उस्तै छ । रकेट निर्माणमा काम गरिरहेका उनले त्यसका लागि चाहिने इन्धन आयात गर्न सकेका छैनन् । सोलिड फ्युलको रुपमा आवश्यक पर्ने एपीसीपी(एमानियम प्रकोलेट) आयात गर्न सरकारी बन्देजका कारण केन्डी फ्युल प्रयोग गर्छन् ।

 

जसका कारण उनको अनुसन्धानले गतिलो नतिजा दिन सक्नेमा उनी ढुक्क छैनन् । यस्तै, हाई जीपीएस, इनर्सियल नेभिकेसन सिस्टम विदेशबाट ल्याउनका लागि प्रतिबन्ध भएको उनले बताए । ‘एउटा नियम बनाएर यस्ता वस्तुहरू ल्याउने वातावरण भइदिए हामीलाई राम्रो हुन्थ्यो तर सरकारले चासो नै दिँदैन,’ तामाङले कान्तिपुरसित भने ।

नेपाल रोबोटिक्स एसोसिएसनका अध्यक्ष विकास गुरुङ हाल उठिरहेका विषयहरू विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनसँग सम्बन्धित भएको बताउँछन् । सरकारले ऐन बनाएर कार्यान्वयन गराउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउनु दु:खद भएको बताए । विज्ञान, प्रविधिको विकासका लागि बनाएको कार्ययोजना नै अगाडि बढ्न नसकेपछि समस्या भएको उनले बताए ।

पहिला पहिला नेपालमै निर्मित वस्तु कानुनका कारण रोकिए पनि अहिले भने वातावरण सहज भन्दै गए पनि अझै सरकारले प्रविधिलाई बुझ्न नसकेको उनले बताए । उनी भन्छन्, ‘नयाँ केही प्रविधि आइरहेको छ अनि कस्तो पोलिसी पहिल्यै हुनुपर्छ भन्ने कुराको विकासचाहिँ रोकिएको जस्तो लाग्छ । ’

विज्ञान तथा प्रविधिमा सरकारी निकायै बिजोग

नास्टका प्रवक्तासमेत रहेका ढकाल नेपालमा विज्ञान पढ्न उत्प्ररेणा दिने कम रहेको बताउँछन् । अनुसन्धानको सट्टा तलब र खाजा, भत्तामै बढी खर्च हुने गरेको छ । नास्टमा आर्थिक वर्ष २०७८/०७९मा ३३ करोड ९२ लाख विनियोजन भएको रकममध्ये २० करोड मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये प्रशासनिक खर्च ८१ प्रतिशत थियो भने अनुसन्धानमा भने १८.२५ प्रतिशत मात्रै खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नास्टले कोरोनाकालमा बनाएका विद्युतीय स्कुटरको न त कुनै औद्योगिक उत्पादन हुन सक्यो न त अन्यत्र ठाउँमा प्रयोग नै हुन पायो । ढकाल भन्छन्, ‘नवप्रवर्तनमा जानका लागि बजारसँग टेस्ट गर्नका लागि चाहिने प्रविधि विकासका लागि मौका नै भएन । हाम्रोमा मेन्टर, लगानीको अभाव भयो । ’

कागाजमै सिमित नवप्रवर्तन कोष

महावीर पुनले उठाएको अर्को विषय हो- नवप्रवर्तन कोष । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति,२०७६ मा सरकारले विज्ञान तथा प्रविधि अनुसन्धान कोषको स्थापना गर्ने भनेको छ । तर हालसम्म पनि यस विषयमा सरकारी तबरबाट पहल भएको छैन ।

कोष सञ्चालनका आवश्यक पर्ने बजेट सरकारसहित विभिन्न निकाय तथा संघसंस्थाबाट पनि राख्न पाइने ऐनमा उल्लेख छ । हरेक वर्षको बजेट निर्माणमा यो विषय उठे पनि कार्यान्वयन पक्ष फितलो छ ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

नेपालमा हाल ९० हजार जनशक्ति विज्ञान तथ प्रविधि क्षेत्रमा उत्पादन भएको नास्टले निकालेको एक प्रतिवेदनमा उल्लेख छ । कूल गार्हस्थ्य उत्पादनको ०.३५ प्रतिशतमात्रै यो क्षेत्रमा लगानी रहेको र विकास नभएको निष्कर्ष निकाल्दै नीतिमा १ प्रतिशत पुर्‍याउने उल्लेख छ । तर हालसम्म पनि सरकारले बजेट कोडिङमा विज्ञान, प्रविधि र अनुसन्धानलाई समावेश गर्न सकेको छैन । अनुसन्धानलाई उत्पादनसँग जोड्न सक्ने अवस्था नहुँदा विकास नभएको विज्ञहरूको भनाइ छ ।

सरकारले दिगो विकास र समृद्धिका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन भन्ने सोचका साथ नीति ल्याएको थियो तर उक्त नीति कार्यान्वयन भएको छैन । विज्ञान तथा प्रविध ऐन अझै ल्याउन सकेको छैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक