काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त व्त्तिीय विवरण अनुसार कोषले चैत मसान्तसम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी हो ।
जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कोषको ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेकोे हो । चैत मसान्तसम्म कम्पनीले ३० करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
उक्त ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १९६.७७ प्रतिशत बढि हो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी पनि बढेर १ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ७ लाख रुपैयाँ थियो ।


