काठमाडौ ।जोर्डनमा भएको एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी जनाएर नेपाली टोली आज स्वदेश फर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यहरुले उनीहरुलाई स्वागत गरे ।
समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसंग १-० को परादय व्यहोर्दा दोस्रो खेलमा घरेलु टोलि जोर्डनलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो। यस समूहको अन्तिम खेलमा इरान र जोर्डहिचको खेलको नतिजाले एसिया कप छनोटको दोस्रो चरणमा स्थान बनाउने टिमको टुंगो लाग्ने छ ।


