शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज समात्यो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज  समात्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  इरानले अमेरिकातर्फ गइरहेको एक तेल ट्यांकरलाई ओमानको खाडामी समातेको छ। यो ट्यांकर कुवेतबाट अमेरिकाको ह्युस्टन गइरहेको थियो।

इरानले अमेरिकातर्फ गइरहेका बेला समातेको ट्यांकरमा मार्शल आइल्यान्डको झन्डा राखिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार यस ट्यांकरमा सवार २४ चालक दलका सदस्य भारतीय हुन्। मरिन ट्राफिक डटकमले यो जहाज कुवेतबाट अमेरिका गइरहेको जनाएको छ।

शुक्रवार अमेरिकी नेभीले ट्यांकर जफत भएको जानकारी दिएको थियो। अर्कातिर इरानको सेनाले पनि ट्यांकर जफत गरेको जनाएको छ।

समाचार अनुसार ट्यांकर अन्तर्राष्ट्रिय समुद्रीक्षेत्रमा एक इरानी डुंगासँग ठोक्किएपछि समातिएको हो। उक्त दुर्घटनाका कारण डुंगामा सवार दुईजना चालक दलका सदस्य बेपत्ता छन्। घटनामा अन्य कयौँ मानिस घाइते भएका छन्।

अमेरिकी नौसेनाका अनुसार यस जहाजको नाम एडभान्टेज स्वीट हो। बिहीबार दिउँसो करिब सवा १ बजे जहाजले आपत्काली सूचना दिएको थियो। अमेरिक नेभीका अनुसार त्यही बेला इरानी सेनाले उक्त जहाज जफत गरेको थियो।

त्यसलगत्तै अमेरिकाले पूरा मामिलामाथि निगरानी राख्न एक पी(८ पोसिडियन समुद्री पेट्रोलिङ विमान पठाएको थियो। जसले इरानी नेभीले ट्यांकर जफत गरेको सूचना दिएको थियो।

अमेरिकी नौसेनाले भने इरानको यो कारवाही अन्तरराष्ट्रिय कानुनविरुद्ध रहेको जनाएको छ। यो कदम क्षेत्रीय सुरक्षा र स्थिरताका लागि खतरा रहेको पनि अमेरिकाले जनाएको छ। अमेरिकाले तत्कालै ट्यांकर छाड्न पनि इरानमाथि दबाब बढाएको छ।

अमेरिकी नेभीले २ वर्षयता इरानले जफत गरेको यो पाँचौँ व्यवसायिक जहाज हो। इरानको तर्फबाट लगातार जहाज जफत गरेर समुद्री अधिकारमाथि हस्तक्षेप गर्नु विश्व अर्थतन्त्रका लागि खतरा रहेको अमेरिकाले दाबी गरेको छ।

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

१ घण्टा अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक