शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

यत्रतत्र छाडा छाडिएका, हेयका रुपमा लिइएका गाईको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको तट नजिकै बनाइएको गौशालामा संरक्षण गरिँदै । तस्बिर : रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाल्पा । तीन वर्षअघि रामपुरका स्थानीयलाई खेतबारीमा लगाएका बालीनाली स्याहार्न पाइन्छ या पाइदैन भन्ने निकै पिरलोले सताउँथ्यो । गाउँघरमा उत्पादन दिन यत्रतत्र छाडा छाडिएका गाईवस्तुले खेतबारीमा लगाएका अन्नबाली, तरकारीबाली खाएर नष्ट बनाउँथ्यो ।

यहाँका स्थानीयले अहिले भने छाडा पशुचौपायाको समस्या भोग्नुपरेको छैन । पाल्पाको रामपुर नगरपालिकाले छाडा छाडिएका, हेयका रुपमा लिइएका गाईलाई संरक्षणका लागि गौशाला सञ्चालन गरिएपछि स्थानीयले अहिले सास्ती खेप्नु परेको छैन । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको तट नजिकै गौशाला बनाइएपछि अहिले यत्रतत्र छाडा छाडिएका, हेयका रुपमा लिइएका गाईको संरक्षण हुन थालेको छ ।

गौशाला सञ्चालनमा आएपछि अहिले यो क्षेत्र धार्मिक पर्यटनका रुपमा विकास हुँदै गएको छ । विसं २०७६ फागुन १२ गतेदेखि एक सय आठ गाईबाट गौशाला सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्दो छ । यहाँ बालबालिकादेखि सबै उमेर समूहको गौ रक्षाका निम्ति सहयोग प्राप्त भइरहेको छ ।

विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेका छन् । गत वर्ष करिब रु चार लाख बराबरको सहयोग प्राप्त भएको छ भने यो वर्ष करिब रु छ लाख बराबरको सहयोग रकम जुट्ने अनुमान रहेको नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “हिजोआज गाईको महत्त्व बढ्दै गएको हुँदा जन्मदिन, विवाह उत्सव, विभिन्न शुभकार्यमा गर्ने फजुल खर्च कटौती गरी स्थानीयले गच्छअनुसार नगद तथा जिन्सी सामग्री सहयोग गरिरहनुभएको छ, यसले गौशाला सञ्चालनमा ठूलो सघाउ पुगेको छ ।” सामाजिक सञ्जाल फेसबुकमा सहयोगदाताको नाम राख्न थालेपछि पछिल्लो समय जन्मदिन, विवाह वर्षगाँठ, श्राद्ध, पितृकार्य, पूजाआजामा गरिने फजुल खर्च गौ सेवामा दान गर्ने ह्वात्तै बढेको पाइएको छ । सामाजिक सञ्जालको प्रयोगले गौ संरक्षणमा स्थानीयवासीको सहयोग जुट्दै गएको गौशालाका व्यवस्थापक नीलकण्ठ भण्डारी बताउनुहुन्छ । गौशालामा हाल एक सय ५८ गाई  छन् । गौशाला तयार हुनुअघि रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई रामपुर–६ स्थित वडा कार्यालय परिसरमा अस्थायी टहरा बनाएर राखियो ।

व्यवस्थितरुपमा गौशाला तयार भई प्रयोगमा आएपछि रामपुर क्षेत्रमा छाडा पशुचौपायाले खेतबारीमा बालीनाली खाएर सताउने समस्याबाट स्थानीय मुक्त भएको युवा ओमप्रकाश रेग्मी बताउनुहुन्छ । पछिल्लो समय गाईबस्तु पाल्न छाडेर स्थानीयले घरमा भएको पशु चौपायालाई पनि टाढा लगेर छाडने प्रवृत्तिले गाउँघरमा भन्दा सहरका गल्लीगल्लीमा गाईबस्तु डुलिरहेको देखिएको हुन्छ । यसको व्यवस्थापनमा सरकारले त्यति धेरै चासो दिएको छैन ।

रामपुर नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएर उदाहरणीय कार्य गरिरहेको छ । अहिले यो क्षेत्र धार्मिक अवलोकनको गन्तव्यस्थल बनिरहेको छ । गौशालाका कारण विभिन्न स्थानबाट गाईको अवलोकन गर्न आउनेक्रम बढ्दो छ । राष्ट्रिय जनावरका रुपमा रहेको गाईको संरक्षण गर्ने र शहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि गौशाला सञ्चालन गरिएको हो ।

नगरपालिकाभित्रका बजार क्षेत्रमा छोडुवा गाईको कारणबाट हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि गौशाला निर्माण गरी गाईपालनलाई व्यवस्थित गरिएको छ । गौशाला सञ्चालनमा आएसँगै छोडुवा गाईका कारण बालीनाली नष्ट भयो वा सडकमा सवारी सञ्चालन गर्न असजिलो भयो भन्ने गुनासो अहिले आउन छाडेको छ ।

हिन्दू धर्मग्रन्थमा लक्ष्मीका रुपमा मानिने र मानिसका जन्म र मृत्यु संस्कारमा अत्यावश्यक गाईको संरक्षणका लागि नगरपालिकाले सञ्चालनमा ल्याएको यस कार्यले यहाँका स्थानीय सन्तुष्ट छन् । कालीगण्डकी तटमा अवस्थित तातोपानीधाम लक्ष्मीनारायण मन्दिर अगाडि करिब सात रोपनी क्षेत्रफलमा पक्की पर्खालले घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । विभिन्न पर्वमा कालीगण्डकी नदी स्नान गरी यहाँ रहेको लक्ष्मीनारायण मन्दिर तथा गौशालाको दर्शन गर्नेको चहलपहल रहन्छ ।

यस क्षेत्रमा गौशाला प्रयोगमा आएपछि धार्मिक तीर्थालु बढ्दै गएको पाइएको छ । कालीगण्डकीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवा पुस्ताको पनि उपस्थिति राम्रै छ । पवित्र कालीगण्डकी नदीको तटमा अवस्थित रहेको हुँदा पनि गौशालाले यहाँको धार्मिक पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ । यस कार्यले अन्यत्र पनि सकारात्मक सन्देश प्रवाह गरिरहेको हुँदा गौशालाको व्यवस्थापनमा नगर सरकार सधैँ हातेमाले गरेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

गौशालाको भौतिक पूर्वाधार निर्माण मात्रै हालसम्म करिब रु. ५५ लाख बराबरको लगानी परेको छ ।  रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख, आव २०७६/७७ मा रु. १५ लाख, २०७७/७८ मा रु १५ लाख, २०७८/७९ मा रु १५ लाख र प्रदेश सरकारबाट आव २०७६/७७ मा रु. छ लाख, पतञ्जली योग पीठ नेपालबाट रु ११ लाखबराबरको रकमबाट गौशालाको भौतिक तथा गाईको दानापानी व्यवस्थापन भइरहेको छ ।

रामपुर नगरले छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्नका लागि गौशाला सञ्चालनमा ल्याएपछि यसको प्रभावकारिता बढ्दै गएको छ । गाईका मलमूत्र, गोबरलाई व्यवस्थापन गरी ग्यास निकाल्ने योजना नगर सरकारको रहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “ढलरहितको सहर बनाउने नगर सरकारको योजना रहेकाले गौशालामा निस्कने मलमूत्र, गोबरलाई सङ्कलन गर्नलाई ठाउँ तयार पार्ने र त्यसबाट उर्जा उत्पादन गर्ने सोँच रहेको छ, यस विषयमा सरोकारवालासँग नगर सरकारले छलफल गरेर प्रक्रिया अगाडि बढाउनेछ” नगरप्रमुख थापाले भन्नुभयो ।

यहाँ अवलोकन गर्न आउने भक्तजनलाई लक्षित गर्दै धर्मशाला निर्माण गर्ने योजना छ । गौशालाको आडैमा लक्ष्मीनारायण मन्दिर रहेकाले कालीगण्डकी नदी स्नान गर्ने, मन्दिरमा पूजाआजा तथा गौमाताको दर्शन गर्नेको आकर्षण छ । धर्मशाला बनाउन विभिन्न सहयोगदाता, सङ्घसंस्थासँग छलफल भइरहेको छ ।

रामपुरमा चरनको क्षेत्र कम हुँदै गएकाले दिगो चरनको व्यवस्थापन गर्ने, गौशाला वरपरका जग्गामा हरियाली घाँसेमैदान निर्माण, यहाँ अवलोकन गर्न आउनेलाई आकर्षणको रुपमा सिसाबाट बनेको घर तयार पारी परम्परागत सङ्ग्रहालय निर्माण गर्ने, विभिन्न पुराना सामग्री संरक्षण गरेर राख्ने, सीसाको महलमा राधाकृष्णको मूर्ति राखेर अवलोकनयोग्य बनाउने समितिको योजना छ ।

एक वटा भवनमा खाद्यान्न व्यवस्थापन, दुई वटा भवनमा गाई व्यवस्थापन, कार्यालय भवन, खानेपानी, शौचालय, गोवद्र्धन पर्वत, चारैतिर पर्खाल निर्माण गरिएको छ । हाल यहाँ गाई हेरालुका लागि तीन जना कर्मचारीसहित कार्यालय प्रशासन सञ्चालन लागि पाँच जना कर्मचारी परिचालन गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

सुत्केरी गाई, कमजोरी गाईलाई छुट्टै राख्ने भवन आवश्यक छ । कमजोर, सुत्केरी गाईलाई एकै ठाउँमा राखेर व्यवस्थापन गर्न समस्या परिरहेको छ । गौशालामा धेरै गाई रहेको हुँदा खाद्यान्न, जाडोयाममा जुकामाटे, अटेर्ना रोगको समस्या देखिएको छ । गौशालामा गाई थपिने क्रम बढ्दै जादा यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या पनि उत्तिकै बाक्लिँदै गएको छ । सचिवालय व्यवस्थापन, आगन्तुकलाई यसको बारेमा विस्तृत जानकारी दिने, नजिकै रहेको कालीगण्डकी किनारमा शवदास्थल निर्माण, पितृकार्यका लागि भवन निर्माण अति आवश्यक छ ।

गौशाला व्यवस्थापन समितिले रु पाँच हजार एक सय शुल्क तिरेर आजीवन सदस्यता प्रदान गर्ने गरेको जनाएको छ । आजीवन सदस्यता लिएका व्यक्तिका परिवारबाट ल्याइएका गाईलाई गौशालामा समितिले राख्ने गरेको छ । आजीवन सदस्यता लिएका व्यक्तिबाट आएका गाईलाई एक गाई बराबर रु तीन हजार शुल्क तिरेर लिने नियम छ । समितिले अहिलेसम्म विभिन्न ठाउँबाट ल्याइएका गाईलाई गौशालामा व्यवस्थापन गर्दै आएको छ ।

गाई हिन्दूको पवित्र र पुण्य जनावर भएकाले कर्मकाण्डहरुमा गाईको गोबर, मूत्र र दूधलाई अनिवार्य प्रयोग गरिन्छ । नेपालमा पाइने गाईको दूध, गहुँत र गोबरलाई वैज्ञानिक अध्ययन अनुसन्धानले पनि पवित्र र शुद्ध मानेको हुनाले गाईलाई नेपाली धर्म संस्कारमा गौमाता भनेर पुजिने गरिएको छ । जैविक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सबै रुपमा गाई अत्यन्त उपयोगी जनावर हुन् । रासस

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

१५ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक