बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

बैंकिङ कसुरका मुद्दा बढेको बढ्यै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सबै पालिकामा पुगेन बैंक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – कास्की प्रहरीले फागुन १४ गते सार्वजनिक गरेको तथ्याङ्कमा बैंकिङ कसुरका मुद्दा २१५ दर्ता थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीमा ८२६ मुद्दा दर्ता भएको थियो।

आइतबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधि सार्वजनिक गर्दा ११३ बैंकिङ कसुरका मुद्दा थपिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले दिएको जानकारीअनुसार साउनदेखि चैत १५ गतेसम्म कास्कीमा ३२८ बैंकिङ कसुरका मुद्दा दर्ता भएको छ। १९९ पर्छ्यौट हुँदा १२९ मुद्दाको छिनोफानो लाग्न बाँकी छ।

आम सर्वसाधरणमा बैंकिङ सेवाको पहुँच जसरी बढेको छ, त्यसैगरी बैकिङ कसुर मुद्दाको ग्राफ उकालो चढेको प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ। कास्कीमा बैंकिङ कसुरका घटना यो वर्ष मात्रै होइन बर्षेनी बढिरहेको छ।

गत आर्थिक वर्षको तुलनामा यो वर्षको साढे ८ महिनामै दोब्बरले मुद्दा बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा १४९ मुद्दा प्रहरीमा परेको थियो। २०७७/७८ मा १०० र २०७६/७७ मा ९७ मुद्दा दर्ता भएका थिए।

आर्थिक मन्दीका कारण बैकिङ कसुरका मुद्दा बढेको हुन सक्ने प्रहरी नायब उपरीक्षक विकले बताए। बैंकिङ कसुरमा बढी चेक बाउन्सको मुद्दा पर्ने उनले सुनाए। उनका अनुसार चेकमा उल्लेख गरेका रकम अपुग हुने र खाता बन्द भइसकेका चेक काट्नेलगायतका घटना बढी प्रहरीसँग आउँछ।

‘त्यस्ता मुद्दालाई हामीले दुई तवरबाट समाधानको कोशिस गर्छौँ’, उनले भने, ‘मिलापत्र हुन सक्ने अवस्थामा मिल्नुस् भन्छौँ। त्यसबाट पनि समस्या समाधान भएन भने मुद्दा दर्ता भएर कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ।’

चेक बाउन्सका कतिपय मुद्दा अदालतमा पनि दर्ता हुने गरेको प्रहरी नायब उपरीक्षक विकले बताए। वर्षेनी बढेको मात्रै छैन, प्रहरीमा दर्ता भएका मुद्दाको सबैभन्दा धेरै संख्या नै बैंकिङ कसुरको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार २२३ मुद्दा दर्ता भएकोमा २६.८१ प्रतिशत मुद्दा त बैंकिङ कसुरका हुन्।

सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा ३०१ मुद्दा दर्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ। स्थानीय तहको सहकारी शाखा र न्यायिक समितिमा पनि बैंकिङ कसुरसँग मिल्दोजुल्दो उजुरी परिरहेका छन्।

यो पनि पढ्नुहोस्

अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

२ दिन अगाडि
दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक