भारतको प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डका मुख्य अभियुक्त असद अहमद र शूटर गुलाम महम्मद उत्तर प्रदेश प्रहरीको इन्काउण्टरमा मारिएका छन्।
बिहीबार झाँसीमा युपी प्रहरीको इन्काउण्टरमा उनीहरु मारिएका हुन्। उनीहरुको साथबाट विदेशी हतियार फेला परेको प्रहरीको दाबी छ।
असद अतीक अहमदका छोरा हुन्। अतीक समाजवादी पार्टीका पूर्व सांसद हुन्। विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा उनी प्रकाउ परेका छन्।
हाल प्रहरी नियन्त्रणमा रहेका अतीकको प्रयागराज अदालतमा पेशी चलिरहेकै बेला उनका छोराको इन्काउण्टर भएको हो। अदालतमा छोरा इन्काउण्टरमा मारिएको खबर सुनेर उनी रोएका थिए।
असदलाई गत २४ फेब्रुअरीमा प्रयागराजमा भएको उमेश पाल हत्याकाण्डपछि प्रहरीले खोजिरहेको थियो। प्रहरीले असद र गुलाममाथि पाँच–पाँच लाख पुरस्कार पनि राखेको थियो।